यसरी सफल हुन सकिन्छ : yes, we can get success

By
Advertisement
अन्तत: त्यसले तपाइको जीवनको सफलताको अंग बनेर तपाइलाई सघाउछ | तर कोसिस बिनाको आशा बेकार हुन्छ | यदि तपाई आफ्नो इच्छा वा कामना निरन्तर आफ्नो मनमा बने रहनु हुन्छ र त्यसलाई उपेक्षाले हेर्नु हुन्छ भने त्यसको सिद्धि कदापी हुन सक्दैन |


Success Tips by Swet Mardan

Publisher: Debi Prasad Neupane
Translator: Ramhari Banjara

Writter: Swet Mardan

Hope :: Part 3

भबिष्य राम्रो छ एस्तो बिश्वाश गर्ने आदत बनाउदा मात्र पनि तपाई राम्रा पदार्थको धन सम्पति आफुपत्ति आकर्षित गर्न थाल्नु हुन्छ | तपाई चाडै नै धेरै ठुलो सम्पत्तिको मालिक बन्दै हुनु हुन्छ | तपाई सुखी र प्रसन्न चित्तवाला बन्दै हुनु हुन्छ | तपाइको एक सुन्दर परिवार हुनेछ |



सुन्दर र राम्रो घर हुनेछ तपाई कुनै उच्च आदर्श लिएर जिउदै हुनु हुन्छ र त्यसको रक्षाको लागि त्याग गर्न पनि तपाई तयार हुनु हुन्छ | यश किसिमको बिश्वाश नै जिबन क्षेत्रमा उत्रने समय कार्य ब्यापारको सर्बोत्तम पुजी हो | यश प्रकार बिश्वाश जो संग हुन्छ उसलाई कुनिया पनि व्यापार ब्यबसायको लागि कहिले पनि पूजीको कमि हुदैन |

हामी जुन बस्तु पाउनका लागि निरन्तर प्रयत्न गर्छौं - चाहे पहिले त्यस बस्तु पाउन सर्वथा असम्भब महसुस हुन्थ्यो | हामी त्यसलाई प्राप्त गर्न योग्य हुन सक्छौं |

यदि हामीले आफ्नो जिबन उदेश्यलाई, आफ्नो आदर्शलाई बारम्बार बाणीद्वारा प्रकट पटक त्यसलाई भन्ने गर्यौ भने, देख्न चाह्यौ भनने त्यसलाई हामी अबस्य पनि एक दिन प्राप्त गरेरै छाड्छौं |चाहे त्यो श्रेष्ठ स्वाथ्य होस् या उत्तम चरित्र, राम्रो नोकरी या उत्कृष्ट ब्यबसाय | 

किन भने बाणीद्वारा बारम्बार बोल्नाले हामीलाई त्यसको बारेमा बोल्नाले हामीलाई त्यसको बारेमा पटक पटक सोच्ने मौका मिल्छ र त्यस प्रकारको त्यसको चित्र हाम्रो सामुन्ने आउछ र फेरी पनि त्यसको प्राप्तिको लागि हामी आफ्नो सम्पूर्ण शक्ति लगाउछौ जसबाट आश्चर्यजनक रुपमा हाम्रो सामुन्ने ती रुपमा चरितार्थ हुनेछ |

धेरै मनिशहरु आफ्ना इच्छाहरुलाई मन्द हुन दिन्छन | आशालाई उसै टार्न खोज्छन | यस तथ्यलाई उनीहरु बुझ्दैनन् कि यदि इच्छालाई निरन्तर रुपमा दोहोर्याई रह्यो भने त्यसबाट दृढ बल एबम पुष्टबन्ने प्रक्रिया जारि रहन्छ |

यसो हुन सकेमा व्यक्तिको कार्य शक्ति बढेको हुन्छ र आफ्नो उदेश्य प्राप्त गर्न सफलता मिल्छ | सिद्धिका लागि निरन्तर आशाबाद नै पहिलो सर्त हो | इच्छा लाइ निरन्तर जिभित जागृत राख्नाले व्यक्तिमा यस्तो सामर्थ्य आउछ कि उ आफ्नो सपना साकार पर्न सक्छ |

चाहे तपाइको आफ्नो आकांक्षा जति नै असम्भब छ र त्यसको प्राप्ति जति नै टाढा भएको महसुस होस् | तपाइको आशा -आकांक्षाको आकाश जति नै अन्धकारमाया महसुस होस् यदि तपाई त्यसलाई आफ्नो सर्बित्तम शक्तिबाट बारम्बार आफ्नो मनमा दोहोर्याउनु हुन्छ, त्यसप्रति आफ्नो निष्ठा र बिश्वाश स्थिर बनाउनु हुन्छ तथा त्यसको प्राप्तिको लागि निरन्तर उत्साहपुर्बक प्रयत्नशील हुनु हुन्छ भने बिस्तारै बिस्तारै त्यस उदेश्यले ठोस रुप धारण गर्न थाल्दछ त्यसले तपाइको कल्पना अनुरुप मुर्त रुप धारण गर्न थाल्दछ | 

अन्तत: त्यसले तपाइको जीवनको सफलताको अंग बनेर तपाइलाई सघाउछ | तर कोसिस बिनाको आशा बेकार हुन्छ | यदि तपाई आफ्नो इच्छा वा कामना निरन्तर आफ्नो मनमा बने रहनु हुन्छ र त्यसलाई उपेक्षाले हेर्नु हुन्छ  भने त्यसको सिद्धि कदापी हुन सक्दैन |

इच्छा तब सार्थक हुन्छ जब त्यसलाई प्रयत्नको दृढ   निस्चायाद्वारा परिपुष्ट पारिन्छ | त्यस्तो इच्छा नै प्रभावशाली हुन्छ | उत्साह समन्वित दृढ निस्चयवाला इच्छा ले नै व्यक्तिको रचनात्मक शक्तिलाई उत्पन्न गर्दछा | इच्छा नै हो, बलशाली कामना नै हो र चिर आकांक्षित सफलताको कारण बन्दछ |

आफ्नो बिचारको उत्कर्ष बाट हामि आफ्नो कार्य कुशलता बढाउछौँ      र बिचारको हिनता बाट आफ्नो   कार्य कुशलता कम पार्दछौं | यो प्रक्रिया निरन्तर जारि रहनेछ हरेक समय तपाई उत्साहले भरिपुर्ण विचारबाट आफ्नो कार्यकुशलता तथा कार्य शक्ति बढाई रहेको हुनु हुन्छ या घटाइरहेको हुनु हुन्छ | आफ्नो चरित्रद्वारा, विचारद्वारा, भावनाद्वारा, तपाई या तपाइको आदर्श उदेश्य नजिक गैरहेको हुनु हुन्छ या त्यस भन्दा टाढा रहिरहेको हुनु हुन्छ |

यदि तपाई हरेक समय आफ्नो आदर्श उदेश्यलाई आफ्नो मनको सबभन्दा माथि राख्नु हुन्छ , यदि तपाई त्यसैमा आफ्नो ध्यान एकाग्र पर्नु हुन्छ र एकपल पनि त्यस उदेस्यको दृस्टी  भन्दा बाहिर ओझेल पर्न दिनु हुन्न भने र आफु भन्दा पहिलेका प्राणीहरुमा सर्बश्रेष्ट प्राणी मान्नु हुन्न भने , आफुलाई ठुलो शक्तिशाली, रचनात्मक कार्य कुशलता समन्वित व्यक्ति मान्नु हुन्छ भने, यो कुनै कारण छैन कि तपाइको कुनै काममा असफलताको मुख हेर्नु परोस | 

आफ्ना हिन विचारहरु लाइ दबाउने प्रक्रियालाइ निरन्तर जारि राख्दै यदि तपाई उत्साह र उल्लासले भरिएको मन लिनु हुन्छ र आफ्नो लक्ष्य पट्टि पाइलाहरु अघि बढाउनु हुन्छ भने तपाइका लागि उदेश्य सिद्ध पार्नका लागि कुनै कठिन कार्य हुन सक्दैन |

0 comments:

Post a Comment