संजय दत्तलाइ लाग्यो झड्का, जानै पर्ने भो जेल

By
Advertisement
नायक संजय दत्तले सन् १९९३ को मुम्बई बम बिस्फोट काण्डमा लागेको अभियोगमा सुनाइएको सजायको बारेमा पुनर्विचार गर्न गरेको मागलाई अदालतले खारेज गरिदिएको छ |

उनलाई सर्बोच्च अदालतले ११९३ को बम काण्डमा गैह्रकानुनी रुपमा हतियार राखेको अभियोगमा ५ बर्षको जेल सजाय सुनाएको थियो | उनले पत्रकार सम्मेलन गरि आफुले आत्मसमर्पण गर्ने बताएका थिए |


अदालतले २१ मार्चमा संजय दत्तलाई आत्मसमर्पण गर्न १ हप्ताको समय दिएको थियो | तर यो अबधि पुरा नहुदै १७ अप्रिल मा दत्तलाइ आत्मसमर्पण गर्न ४ हप्ता समय थप गरिएको थियो |

उक्त काण्डमा पहिला पनि १८ महिना भन्दा बढी समय दत्तले जेलमा बिताइसकेको हुनाले अब तिन बर्ष जेलमा बिताउनु पर्ने हुन्छ | यो तिन बर्ष जेल बस्नको लागि अब संजय दत्तले १६ मे सम्म आत्मसमर्पण गरिसक्नु पर्ने छ |

Supreme Court dismisses Sanjay Dutt review plea

0 comments:

Post a Comment