तपाइहरुले सुन्नु भएकै होला बिश्वको सबै भन्दा होचो मान्छे भनेर गिनिज बुक मा नाम लेखाए भन्ने कुरा | आज यहाँ यस्तो मान्छेको बारेमा बताईदै छ जसलाई हेर्दा बच्चा भन्न मिल्छ तर उमेर थाहा पाउदा भने बृद्ध भन्नु पर्छ, ३० बर्षिय, Maria Audete do Nascimento को शरीर आज सम्म पनि बच्चा को जस्तै छ |डोरा, उनको सौतिनी आमा, जहिले देखि बिहे भयो त्यसै बेला देखि मारिया लाइ उनले रेख देख गरिरहेकी छिन् | डोरा मारियालाई भगवानले दिएको उपहार सम्झिन्छिन, र उनको रेख देख गर्नु आफ्नो धर्म ठान्छिन |
Ceara बिश्वबिद्यालयका बिशेषज्ञक अनुसार थायराइड हार्मोन को धेरै कमीले गर्दा यस्तो भएको हो | थायराइड हार्मोनको धेरै कमीले गर्दा उनको शारीरिक र मानसिक अवस्था को विकास हुन सकेन र आज सम्म उनि बच्चा जस्तो देखिन्छिन |
यस्तो रोगको पहिचान छिट्टै भएको भए उनको उपचार सम्भब हुने थियो र उनि अरु जस्तै साधारण जिबन व्यतित गर्नसक्ने थिइन |
