फोटोमा देखेर बच्चा भन्नु होला नी फेरी ..

By
Advertisement
तपाइहरुले सुन्नु भएकै होला बिश्वको सबै भन्दा होचो मान्छे भनेर गिनिज बुक मा नाम लेखाए भन्ने कुरा | आज यहाँ यस्तो मान्छेको बारेमा बताईदै छ जसलाई हेर्दा बच्चा भन्न मिल्छ तर उमेर थाहा पाउदा भने बृद्ध भन्नु पर्छ, ३० बर्षिय, Maria Audete do Nascimento को शरीर आज सम्म पनि बच्चा को जस्तै छ |

मारिया, एक गरिब परिवारमा May 7, 1981 मा जन्मेकी थिइन | ब्राजिलको माटोले बनेको एक घर मा उनको बुबा र उनको सौतिनी आमा बस्ने गर्दछन, १३ बर्ष अघि उनको आमाको मृत्यु भएपछि उनको हेरचाह उनको सौतिनी आमाले गर्दै आएकी छिन् | कमजोर आर्थिक अवस्थाका कारण सानै उमेर मा उनको उपचार हुन सकेन | जिन्दगि भर अब उनले कष्ट सहेर बाच्नु पर्नेछ | तर जति सुकै पैसाको गरिब भए पनि उनलाई मायाको कहिले पनि कमि भएको छैन | सौतिनी आमा भएर पनि आफ्नै आमाकी जस्तै माया पाएकी छिन् उनले |

उनि अब सधै ९-१० महिनाको बच्चा जस्तै रहनेछिन, उनि आफ्नो कुनै पनि आबश्यकताहरु पुरा गर्न सक्दिनन | जस्तो ९-१० महिनाको बच्चा हुन्छ उनि त्यसतै नै छिन् न त बोल्न सक्छिन न त् खाना आफै खान सक्छिन |

डोरा, उनको सौतिनी आमा, जहिले देखि बिहे भयो त्यसै बेला देखि मारिया लाइ उनले रेख देख गरिरहेकी छिन् | डोरा मारियालाई भगवानले दिएको उपहार सम्झिन्छिन, र उनको रेख देख गर्नु आफ्नो धर्म ठान्छिन |

Ceara बिश्वबिद्यालयका बिशेषज्ञक अनुसार थायराइड हार्मोन को धेरै कमीले गर्दा यस्तो भएको हो | थायराइड हार्मोनको धेरै कमीले गर्दा उनको शारीरिक र मानसिक अवस्था को विकास हुन सकेन र आज सम्म उनि बच्चा जस्तो देखिन्छिन |

यस्तो रोगको पहिचान छिट्टै भएको भए उनको उपचार सम्भब हुने थियो र उनि अरु जस्तै साधारण जिबन व्यतित गर्नसक्ने थिइन |