कण्डम फुकेको देख्दा हासोले गुन्जियो सेन्सर बोर्ड

By
Advertisement

सेन्सर बोर्डले सिन काटे ब्लु फ्लिम बनाउछु भन्ने धम्कि दिने नायक तथा निर्माता जयकिशन बस्नेतले बनाएको "तँ त साह्रै सप्रिस नी बद्रि असार २९ गतेबाट रिलीजमा आउन लागेको छ |

सेन्सर मा झमेला दिएको बारेमा पत्रकार सम्मेलन गर्दै उनले सेन्सरले राम्रा कुराहरुलाई काटेको बताए | सेन्सरले बाहुन, क्षेत्री, नेवार भन्ने शब्द फ्लिम मा नराख्न भनेको छ जबकी यी शब्द राखेर मात्र फ्लिमको सन्देस बुझ्न सकिन्छ |

फ्लिम मा प्रयोग गरिएको अस्लिल शब्दहरुमा कुनै आपत्ति जनाइएको छैन | ‘चलचित्र ‘म ब्लू फिल्मको हिरो’, ‘तेरीमा चिनी चियापत्ति’ भन्ने शब्दलाई केही नगरिएको तर बाहुन नेवार भन्ने नाम लाई चाही उच्चारण गर्न नै नमिल्ने भन्दै सेन्सरले राम्रो कम गर्न छाडेको निर्देशक शोभित बस्नेत बताउछन |

सेन्सर बोर्ड प्रति जयकिसनले असन्तुस्टी जनाउदै भने "भल्गर सिनमा सेन्सर बोर्डका कर्मचारीले मजैले ताली बजाउनु भयो, तर हामी सबै नेपाली हौं भन्ने शब्दमा आपत्ति जनाउनु कतिसम्म जायज छ ?"

जयकिसनले कण्डम फुकेको सिन हेर्दा सबै हासे तर सिन भने काटिएको छैन | ३ -३ पटक सम्म हेरेर यसले युनिभर्सल अर्थात् सबैले हेर्न मिल्ने सर्टिफिकेट दिएको छ |

यसरी भल्गर सिन नकाट्ने बरु अरु नर्मल सिन चाही काट्ने गर्दा सेन्सर बोर्डले नै अस्लिलतालाई माथ दिएको त छैन प्रश्न उठेको छ |

भोलि एडल्ट सिन टन्नै रहेको ATM ले युनिभर्सल त हुने होइन ??