—लीला बास्तोला—
मेरो मन त यति रुन्छ, नेपालीलाई भेट्दा
आमा तिमी कति रुन्छौ आफ्नो सन्तान छुट्दा ।
सम्झना र ममता त नेपालकै आउँछ
घरी-घरी परेलीमा आँसुले छाउँदछ ।
नेपालको हरियाली डाँडापाखा हुर्किएका छोराछोरी
हरियाली छैन यहाँ हिउँको थुप्रोभरि ।
बाहिर कतै हिडौ भने हिउँमा हिड्न नसकिने
कोठा भित्र पिंजडाको सुगासरि हुने ।
रातभरि देख्छु मैले नेपालको सपना
कोहि छैन यो परदेशमा मनखानी आफ्ना ।
प्रकृतिले मनोरम त नेपाल नै थियो
तिनै प्राकृतिक दृष्यले मनलाई थिचिदियो ।
राम्रो लाग्ने आफ्नो भाषा, आफ्नै भेष भुषा
नेपाल हुँदा सोचियो विदेशलाई खासा ।
जन्मभूमि नेपालको याद मलाई आउँदा
बोल्न मन लाग्दैन अरुले बोलाउँदा ।
मेरो मन त यति रुन्छ, नेपालीलाई भेट्दा
आमा तिमी कति रुन्छौ आफ्नो सन्तान छुट्दा ।
सम्झना र ममता त नेपालकै आउँछ
घरी-घरी परेलीमा आँसुले छाउँदछ ।
नेपालको हरियाली डाँडापाखा हुर्किएका छोराछोरी
हरियाली छैन यहाँ हिउँको थुप्रोभरि ।
बाहिर कतै हिडौ भने हिउँमा हिड्न नसकिने
कोठा भित्र पिंजडाको सुगासरि हुने ।
रातभरि देख्छु मैले नेपालको सपना
कोहि छैन यो परदेशमा मनखानी आफ्ना ।
प्रकृतिले मनोरम त नेपाल नै थियो
तिनै प्राकृतिक दृष्यले मनलाई थिचिदियो ।
राम्रो लाग्ने आफ्नो भाषा, आफ्नै भेष भुषा
नेपाल हुँदा सोचियो विदेशलाई खासा ।
जन्मभूमि नेपालको याद मलाई आउँदा
बोल्न मन लाग्दैन अरुले बोलाउँदा ।
0 comments:
Post a Comment