चार्ज गर्दा ध्यान नदिदा बिग्रन्छ मोबाइलको ब्याट्री

By
Advertisement
सामान्यतया साधारण ब्याट्रीको आयु १ बर्ष हुने गर्दछ । तर ब्याट्रीको आयु १ बर्ष भन्दा बढी टिकाउने हो भने कम चार्ज गर्नु पर्छ ।

टेक्नोलोजी बिशेषज्ञ एरिक लाइमरले लगातार मोबाइल चार्ज गर्दा ब्याट्रीको आयु कम हुने बताएका छन् । उनले ब्याट्रीको आयु बढाउनको लागि ब्याट्री चार्ज गर्दा पुरा चार्ज गर्न् नहुने बताएका छन् ।

ब्याट्री पुरा चार्ज गर्दा ब्याट्री तात्ने हुनाले छिटै डिस्चार्ज हुने उनको भनाइ छ । धेरै मानिसको मोबाइल रातभर चार्जमा छाडेर सुत्ने बानि हुन्छ । त्यसो गर्दा ब्याट्री चाडै बिग्रने हुन्छ ।


फूल चार्ज भइ सकेपछि पनि चार्जरमा जोडेर मोबाइल राख्न नहुने उनि बताउछन ।

लाइमरले मोबाइलको ब्याट्री सुन्य चार्ज होउन्जेल सम्म चलाउनु नहुने र अधिक चार्ज गर्दा पनि ब्याट्रीको आयु घट्ने बताएका छन् ।