आफुलाई स्पष्टीकरणसमेत नसोधी पदबाट हटाइएको भन्दै स्थापितले गत माघ ८ गते सर्बोच्च अदालतमा सो निर्णय बिरुद्ध रिट दायर गरेका थिए ।
उक्त रिट सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश वस्ती र तर्कराज भट्टको संयुक्त इजलासले आयुक्त स्थापितलाई हटाउने सरकारी निर्णयलाई सदर गरिदिएका छन् ।

न्यायाधीशद्वयको इजलासले निजामती ऐन र काठमाडौँ उपत्यका प्राधिकरण ऐनको संरचना फरक भएको जनाउदै सरकारको निर्णयलाइ सदर गरेका हुन् ।
यसरि सरकारी निर्णय सदर गरेकोले अब काठमाडौँ उपत्यका प्राधिकरणका आयुक्त पद बाट केशब स्थापित बिस्थापित भएका छन् ।
यस अघि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीशद्वय रामकुमारप्रसाद साह र सुशीला कार्कीको संयुक्त इजलासले आयुक्त स्थापितलाई सेवाबाट हटाउने सरकारी निर्णय हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।
अब गत माघ ४ गतेको सरकारी निर्णय बमोजिम काठमाडौँ उपत्यका प्राधिकरणको आयुक्त पदमा इन्जिनियर योगेश्वरकृष्ण पराजुलीलाई पद बहाली गर्न बाटो खुलेको छ ।