स्याङ्जामा एक बालिका बलात्कृत भएकी छिन ।
पुतलीबजार बगर्पालिका ८ सतैँमा बसी आएकी १२ बर्षीय बालिकालाई उनकै काका पर्ने ले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
३१ बर्हिया प्रम बहादुर बिकले नातामा भतिजी पर्ने उनलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि प्रहरीले प्रेमबहादुरलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गर्न थालेको प्रहरीले बताएको छ ।
पिडित बालिकाको स्वास्थ्य अबस्था पनि सामान्य रहेको प्रहरी कार्यालयले जनाएको छ ।
स्याङ्जामा यो बर्ष मात्रै अहिले सम्म ६ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।