मस्ती गर्दै गर्दा स्वीमुङ पुलमै ढले युवायुवती ,हेर्नुहोस भिडियो

By
Advertisement
मेक्सिकोमा मस्ती गर्दै गर्दा केहि युवायुवतीहरु स्वीमुङ पूल मै ढलेका छन् ।

गीत संगीतका साथ पुल पार्टीमा रमाइरहेको करिब २ सय युबा युवतीको पार्टीलाई अझ रोमान्चक र धुँवादार बनाउनको लागि नाइट्रोजन पानीमा हालेपछि ९ जनालाई अस्पताल लागिएको छ ।

घाइते ८ जनाको अवस्था धेरै गम्भीर नरहे पनि १ युवती भने कोमामा छिन ।


म्याक्सिकोको लिओनमा सबै पार्टीमा रमाइरहेका बेला पार्टीलाई अझ धुँवादार बनाउनको लागि ४ बोतल झोल नाइट्रोजन हालेका थिए । तर नाइट्रोजन पानीको पानीको सम्पर्कमा पुग्ने बित्तिकै स्वीमुङ पुलमा पौडिरहेका युवा युवतीलाई असर गरेपछि उनीहरु त्यहि ढलेका थिए ।

पौडिरहेका युवा युवतीहरु ढलेको देख्ने बित्तिकै अन्य युवायुबतिले ती साथीहरुलाई हतार हतार अस्पताल पुर्‍याएका थिए । घटनामा कसैको पनि ज्यान नगएको भए पनि अधिकारीहरुले घटना बारे छानबिन गर्न माग गरेका छन् ।

0 comments:

Post a Comment