४८ दिन चल्ने ब्याट्री राखेर नोकिया आशा ५०१ बजारमा

By
Advertisement
एप्पल अनि सामसुङले आफ्नो मोबाइल बजार लिएपछि कमजोर बन्दै गएको नोकियाले बजारमा नया मोबाइल आशा ५०१ उतारेको छ |

सस्ता एन्ड्रोइड मोबाइल सेट संग प्रतिष्पर्धा गर्ने भन्दै नया स्मार्ट फोन आशा ५०१ बजारमा उतारेको हो |

आशा ५०१ को डिजाइन नोकियाको महँगो फोन लुमिया संग मिल्छ भने केहि फिचर पनि लुमियाको जस्तै छ |

स्मार्ट फोन भने पनि यसमा अपरेटिंग सिस्टम भने एन्ड्रोइड राखिएको छैन | यसमा नोकियाले तयार पारेको आशा प्लेटफर्म राखिएको छ |

बिशेषता

  • ४८ दिन सम्म टिक्ने ब्याट्री, एक पटक पुरा चार्ज गरेपछि १७ घण्टा भन्दा बढी  समय कुरा गर्न मिल्ने  
  • नोकिया आशा प्लेटफर्म  अपरेटिंग सिस्टम  
  • ३ इन्च स्क्रिन 
  • ४ जीबी इन्टरनल मेमोरी, ३२ जीबि सम्म सपोर्ट गर्ने 
  • ३.२ मेगा पिक्सल क्यामरा 
  • २ जी, वाई-फाई, ब्लु टुथ ३.० सपोर्ट 
  • अपडेटेड एक्प्रेस ब्राउजर -  ९० प्रतिशत भन्दा बढी डाटा कम्प्रेस गर्न क्षमता,
  •  हलुका -तौल ९८ ग्राम  मात्र
  • सोसल नेटवोर्किंग एप्स



यसमा ३जी भने छैन | यो मोबाइल ब्राइट रेड, ब्राइट ग्रीन, ह्वाइट र ब्ल्याक रंगमा बजारमा उपलब्ध हुनेछ |

नोकियाले ९९ डलर राखेको यसको मूल्य नेपालमा भने ८ हजारको हाराहारीमा हुने अनुमान छ | यो फोन नेपालमा छिट्टै नै उपलब्ध हुने बताइएको छ |

nokia-asha-501-with-48-days-battery-backup

0 comments:

Post a Comment