जेल जानबाट बच्न स्तन प्रत्यारोपण गरि पुरुष बने महिला

By
Advertisement
आफुले आएको जेल सजायबाट बच्न एक युवकले युबतिको रुप धारण गरेका छन् |

कोलम्बियामा घटेको यस घटनाले सबैलाई अचम्मित पारिदिएको छ |

जेलबाट भाग्न सफल भएका एक कोलाम्बियनले आफु पुन जेल जानु नपरोस भनेर उनले आफ्नो रुप बदलेका थिए |

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार उनि कोलम्बियाको राजधानी बोगोटा निवासी गियोभन्नी रेबोल्डियो हुन् |


उनले आफु एक पटक जेलबाट भाग्न सफल भएपछि पुन जेल जानु नपरोस भनेर महिला बन्नको लागि स्तन प्रत्यारोपण गरेका थिए ।

शल्यक्रिया मार्फत स्तन प्रत्यारोपण गरि महिला बनेपछि उनले आफ्नो नाम परिवर्तन गरि गियोभन्नी रेबोल्डियोबाट ‘रोसलिन्डा’ भएका थिए ।

त्यसपछि महिलाको भेषमा उनि बरानकुईलाको उत्तरी तटीय शहरस्थित भियाजो प्राडो जिल्लामा एक यौनकर्मी भएर रहन थालेका थिए |

तर महिला भएर बसे पनि उनलाई प्रहरीले पक्राउ गरि मिडिया समू प्रस्तुत गरेको छ ।

रेबोल्डियोलाइ गत बर्ष अपहरण, डकैती र जर्बजस्ती रकम असुली मुद्दा मा ६० वर्षको जेल सजाय सुनाइएको थियो । उनि संलग्न गिरोहले सुन्दर युबतिको सहयोगमा धनि पुरुषलाई फसाई आफ्नो  घरमा बोलाएर  करेन्टको झड्का दिई लुट्ने गर्दथ्यो ।

0 comments:

Post a Comment