
राजधानी दिल्लीमा हिजो आज बलात्कारको घटना निक्कै नै बढेको छ | यो घटना पनि दिल्लीको एक गाउँ गान्धीनगरमा भएको हो |
नर्सरिमा पढ्ने पांच बर्षकी बच्चीलाइ त्यहि घरको ग्राउण्ड फ्लोर मा बस्ने एक युबकले बलात्कार गरेका थिए |
अप्रिल १४ तारिक आइतबारको दिन बच्ची घरबाट हराएकी थिइन् | आमाबाबु तथा घरका सदस्यहरुले सबै तिर खोजे तर फेला पर्न नसके पछि १५ अप्रिल (सोमबारको दिन) घरपरिवारले बच्ची हराएको भन्दै रिपोर्ट लेखाएका थिए |
बुधबार दिउसो ग्राउण्ड फ्लोरको एक कोठामा बच्ची रोएको आवाज आएपछि घरका सदस्यले प्रहरीलाई फोन गरे र त्यो कोठाको ताला फोडे |
जब परिवारले बच्चा देखे त्यसबेला बच्चीको अबस्था निक्कै नाजुक थियो | उनको हातगोडा बाधिएको थियो |
उनको यस्तो अबस्था देखेर परिवारले उनलाई तुरुन्त हस्पिटल पुर्याए | हस्पिटल लगेपछि डाक्टरले चेक गर्दा उनको पेटमा मैन बत्ति र प्लास्टिकका बोतल रहेको देखियो |
प्रहरीले अहिले अभियुक्तको खोजि गरिरहेको छ | भारतीय अनलाइन समाचारमा जनाईए अनुसार लगातारको बलात्कार अनि चार दिन सम्म भोक्कै रहेको कारण बच्ची बेहोस भएकी थिइन् |
केहि समय अघि भारतकै मुजफ्परपुर जिल्लामा बलात्कारीले एक महिलाको सामुहिक बलात्कार गरि गुप्ताङ्गमा ढुंगा हालिदिएका थिए |
Link : candle-and-bottle-were-found-on-stomach-of-child
0 comments:
Post a Comment