
हाल सम्म नेपालमा साधारणतया २५६ Kbps को गतिमा इन्टरनेट चलिरहेको छ | नेपाल टेलिकम ले ADSL प्रबिधीबाट १९६ Kbps प्रति सेकेन्ड को गतिमा इन्टरनेट प्रदान गरिरहेको छ |
इन्टरनेट प्रदायकहरुको प्रतिस्पर्धाले गर्दा सर्बसाधारण नेपालीलाई उच्च गतिको इन्टरनेट चलाउने अवसर मिलेको छ त्यो पनि कम शुल्कमा |
हाल संचालनमा आइरहेका केहि इन्टरनेट सेवा प्रदायकले अहिले Mbps( MBps होइन; 1 MBps = 8 Mbps )मा पनि सेवा प्रदान गरिरहेका छन् |
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि मेगा ब्रोडकास्ट प्रालिले आगामी चार महिना भित्र नेपालमै पहिलो पल्ट मल्टिपल भिडियो एन्ड डाटा डिस्ट्रिब्युसन सिस्टम(एमभिडिडिएस)मार्फत टेलिभिजन प्रसारण सुरु गर्ने बताएको छ | यस प्रबिधि बाट टेलिभिजन हेर्न मिल्नुका साथै उच्च गतिको इन्टरनेट पनि चलाउन मिल्ने छ |
अबको तिन महिना भित्र नै य सेवाको परिक्षण प्रसारण गर्ने र परिक्षण सुरु गरेको एक महिना भित्र मै व्यावसायिक प्रसारण सुरु गर्ने कम्पनीको लक्ष्य छ | यो सेवा सुरु भए पछी केबल सञ्जाल र स्याटलाइट प्रसारण प्रणाली डाइरेक्ट टु होम(डिटिएच)मार्फत टेलिभिजन हेर्नेहरुले नया प्रबधि बाट टेलिभिजन हेर्न पाउनेछन भने इन्टरनेट पनि चलाउन पाउने छन् |
कम्पनीका अनुसार यो प्रबिधिबाट उच्च गतिको १ एक गिगाबाइट प्रति सेकेन्डको इन्टरनेटको सेवा दिने कम्पनीको तयारी छ |
कम्पनीले यो प्रविधिमा अहिले प्रचलनमा रहेका केहि च्यानल र हाई डेफिनेसन(एचडी) च्यानलहरु सहित एक सय वटा च्यानल हेर्न पाउनेछन |
कम्पनीले अरु सेवामा एचडी गुणस्तरको टिभी प्रसारण नभए पनि यो प्रविधिबाट सम्भव हुने दाबी गरेको छ। कम्पनीले के-यु ब्यान्डको १०.४ देखि १२.२ गिगाहर्जसम्म फ्रिक्वेन्सी उपयोग गर्न अनुमति पाएको हो। २ सय मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गर्न यो कम्पनीसँग मन्त्रालयले प्रसारण नियमावली अनुसार १२ लाख शुल्क लिएको छ।नागरिक
'यो नेपाल सुहाउँदो प्रविधि हो,' पौडेलले भने, 'यसमा स्याटलाइट शुल्क तिर्नु नपर्ने भएकाले वर्षेनी विदेशिने रकम पनि जोगिने छ।' पर्यटन, हाउजिङलगायत विभिन्न व्यवसायमा लागेको व्यवसायीको समूहको संयुक्त लगानीमा स्थापना भएको यो कम्पनीले सेवा विस्तार गर्न कुल लगानी ९५ करोडको गर्नेछ।
कम्पनी सुरुमा राजधानीबाट सेवा सञ्चालनको तयारी गरेको छ। पछि सेवा विस्तार गरेर मुलुकभर विस्तार गर्ने योजना कम्पनीको छ। एमभिडिएस प्रविधिमा सेवा सञ्चालनका लागि कम्पनीले विभिन्न ठाउँमा टेलिफोन सेवा प्रदायकले जस्तै टावर स्थापना गर्नुपर्छ। यस्ता टावरमार्फत फालिने सिंग्नल समात्न घरको छानामा छाताजस्तो एन्टेना राखिन्छ। यस्तो एन्टेनादेखि टिभीसम्म तार जोडेर विभिन्न च्यानल हेर्न सकिन्छ। यो प्रविधिमा टिभीसँगै इन्टरनेट पनि प्रयोग गर्न मिल्छ।
डिटिएचको सेटअप बक्सजस्तै यसको एन्टेनासहितको प्याकेजको मूल्य डिटिएचको भन्दा कम हुने कम्पनीले जनाएको छ। यसैगरी मासिक शुल्क डिटिएचको भन्दा कम राख्ने तयारी गरिएको पौडेलले जानकारी दिए। कम्पनीले यसलाई नेपालको पहिलो डिजिटल टेरेस्ट्रियल टेलिभिजन(डिटिटी)को रुपमा प्रचार गर्ने तयारी गरेको छ।
0 comments:
Post a Comment