
आक्रमणबाट कार्यालय भवनका सिसा फुटेका छन् भने प्रदर्शनकारीले कार्यालय भित्रै पसेर कम्युटर, एनसेल डिभाइस र एफटीबी समेत तोडफोड गरेको स्रोतले जनाएको छ |
प्रदर्शनमा मोहन वैद्यपक्षीय अखिल नेपाल टे्रड युनियन महासंख र अखिल नेपाल सञ्चार छापाखाना मजदुर युनियनका कार्यकर्ताहरु सहभागी थिए | शान्तिपूर्ण प्रदर्शन गरिरहेको बेलामा प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनमा रहेका कार्यकर्ता आक्रोशित भइ तोडफोड गरेको चापखानाका मजदुर नेता जन्मदेब जैसीले बताएका छन् |
एनसेलले आफ्ना ८७ जना कामदारलाई जबरजस्ती नियम बिपरित सेवाबाट हटाएपछि व्यवस्थापनविरुद्ध आन्दोलन सुरु भएको थियो | यस अघि पनि आन्दोलनकै क्रममा एनसेलका बिभिन्न स्थानमा रहेको टावरमा क्षति पुगिसकेको छ |
घटनापछि कृष्णटावरअगाडि ब्यापक प्रहरी परिचालन गरिएको छ ।
0 comments:
Post a Comment