चार बर्षको बच्चाले लोडर चलाएपछि हेर्नुहोस भिडियो | 4 years old children driving a loder

By
Advertisement
२७ फागुन, बनेपा । तपाइँ पत्याउन सक्नुहुन्छ , चार वर्षका अवोध बालकले लोडर चलाए भनेर । कुरा सुन्दा काल्पनिक झै लागेपनि यो यर्थाथ घटना हो ।

 काभ्रेको गौरी बिसौना देउपुरमा तीन वर्ष १० महिनाका सुजल घिसिङले लोडर चलाएर सबैलाई आश्चर्यचकित बनाइएदिएका छन् ।

१० हजार ९०० किलोग्राम क्षमताको लोडर चलाएर करिब तीन किलोमिटरसम्म गुडाउन सक्ने उनका बुवा सुवास घिसिङले जानकारी दिनुभयो ।

उसको आमा खेतमा काम गर्न जान्थिन अनि उसलाई साथीको अभाव भयो र म काममा भए पनि सँगै लिएर हिँड्थे तर मसँग आएको केही दिनमा नै उसले लोडर चलायो सुवासले भन्नुभयो । मैले केही सिकाएको होइन, उसले आफैँ चलाएर देखायो एक पटक त म पनि छक्क परे सुवास भन्नुहुन्छ ।

सुवास आफ्नो छोराको नाम गिनिज बुकमा लेखाउने इच्छा भएको उल्लेख गर्दै छोराको तिक्ष्ण दिमागको प्रशङ्सा गर्नुहुन्छ । इन्द्रवति एकेडेमीमा नर्सरी कक्षामा अध्ययन गर्ने सुजल पढाइमा पनि अत्यन्त तिक्ष्ण दिमागको भएको सो एकेडेमीका शिक्षिका निर्मला दुलाल बताउँनुहुन्छ । यसको स्वभाव अन्य विद्यार्थीको भन्दा फरक छ र नर्सरीमा यो बालक सबैभन्दा राम्रो पढ्ने विद्यार्थी हो उहाँले भन्नुभयो । सो गाडी अन्य गाडीको तुलनामा चलाउन गाहृो हुने स्थानीय टयाक्सी चालक अर्जुन लामा बताउँनुहुन्छ ।

मलाइँ कम्प्युटर चलाउनै आउँदैन तर उसलाई सजिलै आउछ उनकी आमा एलिसा घिसिङले भन्नुभयो । रामेछाप स्थायी घर भएका सुवासले ०६६ सालबाट स्थानीय क्रसर उद्योगमा लोडर चलाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो र सो स्थानमा नै उहाँकै छोरा सुजलले लोडर चलाएका हुन् । रासस

केहि समय अघि पांच बर्षको बच्चाले डोजर, लोडर चलाएको भन्दै फेसबुकमा पोस्ट गरिएको एक भिडियोले निक्कै तहल्का मच्चाएको थियो |
4 years old children driving a loader

This video is taken from facebook.

0 comments:

Post a Comment