
स्थानीय पत्रिकाले ‘सुनको सद्भाव’ भनेर समाचारमा उल्लेख गरेको छ | बन्दरगाह र माछा बजार संचालन गर्ने व्यवसायका प्रमुखले आफुलाई दुइ किलो सुनको इट्टाको पार्सल आएको बताउछन तर पार्सल कसले पठाइरहेको छ यो भने कसैलाई पनि थाहा छैन |
इशिनोमिकी फिश मार्केट लिमेटेडका प्रमुख क्यूनिओ सूनोले समाचार एजेन्सी ए एफपीलाई बताए अनुसार पार्सल पठाउनेको कुनै पनि जानकारी छैन | पार्सल बिबिध बस्तुको रुपमा उल्लेख गरेर पठाइएको थियो | तर यसमा २४ क्यारेटका २ वटा सुनका इट्टाहरु कागजमा बेरेको अबस्थामा थियो |
पार्सलको बारेमा उत्तरपश्चिमी शहर नागानोबाट पठाइएको सम्म थाहा भएको छ, यो भन्दा बढी केहि जानकारी छैन | यसै गरी इशिनोमिकीको पुनरुद्धारका लागि काम गरिरहेको संस्था योशी कनिकोलाई पनि दुईवटा सुनका इँटा प्राप्त भएको समाचारमा उल्लेख छ |
इशिनोमिकी राजधानी भन्दा करिब ३ सय ५० कि मि उत्तर पुर्बिमा पर्दछ | सुनामीको कारण यहाँ निक्कै नै क्षति भएको थियो | ३ हजार भन्दा बढी मानिसहरु मरेका थिए भने चालिस हजार भन्दा धेरै भवनहरु नष्ट भएका थिए |
-एजेन्सीको सहयोगमा
0 comments:
Post a Comment