भद्रपुर, १९ पुस । झापाको दमकमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन् ।चारजना युवकले एक १९ वर्षीया युवतीलाई बुधबार साँझ जबर्जस्ती नियन्त्रणमा लिइ दमक–९ स्थित चिया बगानमा लगेर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनामध्ये तीनजनालाई आज बिहान ५ बजे पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दमक–९ बस्नेहरू १७ वर्षीय सचिन भट्टराई, सन्दीप दर्जी र १९ वर्षीय आशीष दर्नाल रहेका छन् । उनीहरूले अपराध स्वीकार गरिसकेको बताइएको छ ।
उक्त घटनामा संलग्न रहेका अर्का एकजना फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ती युवतीको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस

0 comments:
Post a Comment