
काठमाडौं, पुस २३ - आफु स्वच्छ छबीको व्यक्ति भएको भन्दै प्रधानमन्त्री बन्नको लागि राष्ट्रपति समक्ष एक व्यक्तिले निबेदन पेश गरेका छन् |
बारा मनहरुवा गाविस वडा नं. ३ घर भएका पुण्डरीप्रसाद अधिकारले राष्ट्रपति समक्ष प्रधानमन्त्री नियुक्त गर्न निबेदन दर्ता गरेको समाचार प्राप्त भएको छ |
अधिकारीले निबेदन दर्ता गरेपछि रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफुले अर्थशास्त्रमा स्नातकोत्तर गरेको, नेपाली नागरिक भएको साथै कुनै पनि दलमा आबद्ध नरहेको, राष्ट्र र राष्ट्रियताको रक्षा गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन सक्षम रहेकोले राष्ट्रपति समक्ष निबेदन दिएको बताए |
पत्रकार सम्मेलनमा उनले अहिलेका दल र तिनका नेताले नेपालको बर्तमान समस्याको समाधान गर्न र नया संबिधान जारि गर्न नसकेको भन्दै आफु प्रधानमन्त्रि बनेमा अहिले देखिएका समस्या समाधान गरि नया संबिधान जारी गर्ने बताए |
उनले भने "‘स्वच्छ हराभरा नेपाल र अधिकार सम्पन्न सम्मृद्धशाली नेपाली बन्ने नेपालीहरुको चाहनालाई पूरा गर्ने खाका प्रष्ट लेखि राष्ट्रपतिलाई बुझाएको छु, मलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ भन्ने विश्वास छ ।’"
application for prime minister post
0 comments:
Post a Comment