बेवारिसे पेस्तोल बरामद

By
Advertisement

इटहरी, १९ मङ्सिर । सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका–१ स्थित एक बाँसले बनाएको फुसको घरको छानोमा बेवारिसे अवस्थामा राखिएको एक थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


कालो प्लास्टिकको झोलामा बेरेर राखिएको अवस्थामा फेला परेको कटुवा पेस्तोलसँगै सोही पेस्तोलमा प्रयोग हुने इन्सास राइफलको एक थान गोली पनि बरामद गरिएको छ ।

उक्त स्थानमा कसले पेस्तोल राखेको हो भनेर सोधखोज एवम् अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले बताउनुभयो । रासस

0 comments:

Post a Comment