
यसअघि सर्वदलीय बैठक बस्न नसकी वितरण हुन नसकेको चामल जिल्ला विकास समिति सिन्धुपाल्चोकमा मङ्गलबार बसेको सर्वदलीय बैठकले वितरण गर्ने निर्णय गरेको हो ।
चीन सरकारले सिमाना जोडिएका जिल्लालाई सडक निर्माण गर्न भनी सहयोग गरेको सो परिमाणको चामल जिविसले गत असार मसान्तमा बुझेको थियो । बैठकले विभिन्न २४ सडकमा एकदेखि तीन टनसम्म चामल वितरण गर्ने निर्णय गरेको छ । त्यसरी निर्माण गरिने योजनाको पुस १५ गतेभित्र सम्झौता गरी तीन महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ ।
आफ्नो देशसँग सिमाना जोडिएका गाविसलाई प्राथमिकता दिने चीनको नीति भए पनि बाध्यकारी नभएकाले जिल्लाभरिको योजना छनोट भएको सूचना अधिकृत राजेन्द्र प्याकुरेलले बताउनुभयो ।
यस जिल्लामा चीनसँग सिमाना जोडिएका तातोपानी, फुल्पिङ्कट्टी र गुम्बासहित तीनवटा गाविसमात्र पर्दछन् । सर्वदलीय बैठकले स्थानीय विकास अधिकारीको अध्यक्षतामा सबै राजनीतिक दलका प्रमुखहरु रहने गरी जिल्ला अनुगमन समितिसमेत गठन गरेको छ । रासस
0 comments:
Post a Comment