निजी सवारीसाधनका लागि पार्किङ स्थलको माग

By
Advertisement
इटहरी, ६ मङ्सिर । सुनसरीको इटहरी क्षेत्रमा निजी नम्बरप्लेटका हलुका सवारीसाधनलाई मुख्य सडकमा पार्किङ निषेध गरिएपछि ती सवारी धनीहरू इटहरी नगरपालिका अगाडि भेला भएर विकल्पको माग गरिरहेका छन् ।

इटहरी नगरपालिकाले तोकेको पार्किङ शुल्क बुझाएर नगरपालिकाअन्तर्गतको मुख्य बजार क्षेत्रमा पार्किङमा राखिँदै आएका रातो नम्बरप्लेटका जिप, कार, भ्यानलगायतका हलुका सवारीसाधनलाई पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले पार्किङ निषेध गरेपछि उनीहरू नगरपालिका प्राङ्गणमा भेला भएका हुन् ।

वार्षिक रु एक हजार नगरपालिकालाई कर बुझाउँदै आएको निजी नम्बरप्लेटका हलुका सवारीसाधनले यात्रुसमेत बोक्न नपाउने भन्दै ट्राफिक प्रहरीले सडक पार्किङबाट हटाएपछि राजस्व उठाउनेले विकल्प दिनुपर्छ भन्दै व्यवसायी र चालकहरू नगरपालिका पुगेका हुन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले पूर्वी नेपालमा यात्रु बोक्न प्रयोगमा ल्याइएका रातो नम्बरप्लेटका सबै हलुका सवारीसाधनलाई सार्वजनिक सडक क्षेत्रमा पार्किङमा रोक लगाउँदै यात्रुसमेत नबोक्न कडा निर्देशन जारी गरेपछि रातो नम्बरप्लेट भएका सवारी चालकहरू समस्यामा परेका छन् ।

इटहरीमा मात्र झन्डै २०० बढी रातो नम्बरप्लेटका हलुका सवारीसाधन रहेका छन् । विराटनगर, धरान, दमक र विर्तामोडमा गरी दुई हजारभन्दा बढी रातो नम्बरप्लेटका सवारीसाधन सञ्चालनमा रहेका छन् । उनीहरूले यात्रु बोकिदिँदा भाडाका हलुका सवारीसाधनमा लगानी गर्नेहरूलाई मार परेको उजुरीेपछि ट्राफिक प्रहरीले त्यस्ता सवारीसाधनलाई सडकबाट हटाउन थालेको हो ।

सवारीसाधनमा लगानी गर्नेमध्ये कृष्ण सापकोटाले एक वर्षका लागि नगरपालिकालाई अग्रिम राजस्व तिरिसकेकाले पनि आफूहरूले पार्किङ सुविधा पाउनुपर्ने बताउनुभयो । रासस

0 comments:

Post a Comment