भुइँमा नबसी पलंगमा बस्ने यो बाख्रोको पर्छ ४ लाख (फोटो फिचर)

By
Advertisement
सुन्दा अचम्म छ एउटा बाख्राको मोल पनि भारतीय रुपैया २ लाख पचास हजार अर्थात् नेपाली ४ लाख | तर यो सत्य हो |

घटना भारतको रायपुरको हो | हजुर रायपुरमा अहिलेसम्मकै सबै भन्दा बढी मुल्यमा बाख्राको बिक्रि भएको छ र उक्त बाख्राको मोल परेको छ २.५१ लाख भारतीय रुपियाँ |

यो बाख्रालाई मोहम्मद तौफिक भन्ने मान्छेले किनेका हुन् | अजमेरी जातको यो बख्रोको तौल पनि २०० किलोग्राम रहेको छ |


यति महँगो यो बाख्रो VIP भन्दा कम छैन | यो बाख्रो भुइंमा बस्दैन | यसलाई बस्नको लागि कुनै ठुलो टेबल वा पलंग चाहिन्छ | यो जातका बाख्राहरु ५ घन्टासम्म सजिलै उभिई रहन सक्छन |

 यो बाख्रालाई बस्नको लागि पनि गर्मि र जाडो ठिक्क मिलेको वा AC जडित बतानुकुलित कोठा पनि चाहिन्छ | जस्तो पायो त्यस्तो कोठामा यो बाख्रो बस्दैन |

कोठा र पलंगमा झैँ यसको खानामा पनि ध्यान दिनु जरुरि छ | यो बाख्रोलाई बिहान चना-भुसी र राति चना दाल खान दिन पर्छ |

४ लाखको यो बाख्रो कस्तो छ त हेरौं केहि फोटोहरु:









यो प्रजातिका अरु बाख्रा हरु पनि बजारमा उपलब्ध छन् र यिनीहरुको मूल्य पनि १ लाखभन्दा माथि नै रहेको छ |
-इनेट नेपाल

0 comments:

Post a Comment