
हाल रहेको शिक्षा पद्दति अनुसार पढाउदा खाली बेरोजगार मात्र उत्पादन भएको भन्दै नया शिक्षा पद्दतिको लागि मन्त्रि परिषदले स्वीकृति दिएपछि नया पाठ्यक्रम लागु हुने भएको छ |
कक्षा ६, ७,र ८ को पाठ्यक्रम परिवर्तन गर्न लागिएको हो | आउदो शैक्षिक सत्र देखि नै लागु हुने गरि पाठ्यक्रम परिवर्तन हुने भएको छ | कक्षा ६,७, र ८ का विद्यार्थीको आचरण सुधार्न भन्दै नैतिक शिक्षा पनि समाबेश गरिएको छ |
त्यस्तै विद्यार्थीलाई स्वावलम्बी र आर्थिक उपार्जनमा सक्षम बनाउनको लागि भन्दै पेसा, व्यवसाय र प्रविधि विषय पनि थप गरिएको छ | जनसंख्या तथा वातावरण बिषयलाइ टुक्र्याइ बिज्ञान र सामाजिक शिक्षामा गाभिएको छ |
अब बिज्ञान बिषय बिज्ञान र बाताबरण हुनेछ भने सामाजिक शिक्षा बिषयलाइ भने सामाजिक तथा जनसंख्या हुने छ |
विद्यार्थीले ६ कक्षादेखि नै विभिन्न रोजगारीमूलक शिप सिकुन भन्ने उदेश्यले विभिन्न रोजगारमुलक पेशा, ब्यबसाय, ताता नया प्रविधिको बारेमा पनि छुट्टै बिषय तयार गरिएको छ |
अब बिद्यार्थीहरुले परम्परागत पेसा, स्थानीय स्तरमा सञ्चालित तरकारी खेती, फलफूल खेती, जडीबुटी,इमेल, अनलाइन, विद्युतीय वाइरिङजस्ता बिषय पनि पढ्न पाउने छन् भने कसरि व्यापार गर्ने भन्ने बारेमा पनि पढ्नु पर्ने छ |
पेसा, व्यवसाय र प्रविधि तीनैवटा मिसाएर बनाएको विषयमा प्रयोगात्मक ५० र सैद्धान्तिकको ५० नम्बर सहित १०० पूर्णांक रहने छ |
त्यस्तै कक्षा १,२,र ३ का बिध्यार्थीहरु भने अब फेल नहुने भएका छन् | सरकारले कक्षा १ देखि ३ सम्म उदार कक्षोन्नतिको व्यवस्था गरेपछि विद्यार्थी स्वतः पास हुन्छन | त्यस्तै माध्यमिक तह(कक्षा ६-१०) मा उत्तीर्ण हुनको लागि ४० नम्बर अनिवार्य ल्याउनु पर्ने भएको छ | यसभन्दा अघि ३२ नम्बर मात्र ल्याए पुग्थ्यो |
कक्षा ४ र ५ का विद्यार्थीले भने ३२ नम्बर ल्याए पनि पास हुने पुरानै ब्यबस्था कायम गरिएको छ |
0 comments:
Post a Comment