एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चढेको हेलिकप्टरको पनि रामेछापको मन्थलीमा आकस्मिक अवतरण गर्नु परेको छ | भोजपुरमा पार्टीको कार्यकर्ता भेलालाई संबोधन गरी काठमाडौं फर्कन लाग्दा खराब मौसमको कारण प्रचण्ड चढेको हेलिकप्टर आकस्मिक अवरतण गर्नु परेको थियो ।
करिब ४० मिनेट जति मन्थलीमा बसेपछि पुन हेलिकप्टर उढाईएको थियो | हाल प्रचण्ड सकुशल काठमाडौँ आइसकेका छन् |
यस अघि प्रधानमन्त्री बाबुराम भट्टराई चढेका हेलिकप्टर पनि खराब मौसमका कारण धेरै पटक आकस्मिक अबतरण गर्नु परेको थियो |

0 comments:
Post a Comment