रौतहटमा डुङ्गा पल्टदा हालसम्म ४ जनाको मृत्यु भैसकेको छ | शनिबार ३ जनाको मात्र शब भेटिएको थियो भने लक्ष्मीपुरकी प्रतिमा पटेलको शव भने आज बिहान फेला परेको हो | मृतक पर्सा गम्हरीया वडा नं ८ लक्ष्मीपुरको बासिन्दा रहेको खुल्न आएको छ | शनिबार भएको उक्त दुर्घटनामा ३० जना भन्दा बढी हराइरहेको समाचार प्रकाशनमा आएको थियो | तर जिल्ला प्रहरी कार्यालय रौतहटले भने ११ जना मात्र हराएको भनेको छ |
सो डुङ्गा सर्लाहीको मानपुर घाटबाट यात्रु बोकेर रौतहटको लक्ष्मिपुर घाट तर्फ जाँदै गर्दा नदीमै डुबेको थियो ।
तस्बिर: उज्यालो

0 comments:
Post a Comment