बिजय सिम्हा, एक चर्चित पत्रकार, जसको नाम सुन्दै मा ठुला ठुला राजनीतिक नेताहरु पनि डराउथे, रक्सिको नसाले उनलाई समातेपछि ९ महिना सम्म रक्सि मात्रै पिएर सडकम बसे |कमाएको सब इज्जत गुमाए |
सानोमा स्कुल पढ्दा निक्कै मेहनेती र बुद्धिमान थिए उनि | एक पटक साथीको लहै लहै मा लागेर उनले अलि कति रक्सि चाखे | रक्सिको स्वाब निक्कै मिठो लाग्यो उनलाई |
दोस्रो पटक उनलाई रक्सि खाने मौका मिल्यो कलेज मा | एक दिन साथीहरुले बियर पिएर रमाइलो गरौँ भने ... साथीको यो शब्दले उनलाई स्कुल पढ्दा चकेको रक्सीको याद आयो | अनि तुरुन्तै उनी बियर खान गए |
पत्रकारिताको बिध्यार्थी उनि परकरिता पढ्दै गर्दा सराबी ( जड्याहा ) बनेका हुन | कलेज सकिए पछि उनले पत्रकारिताको नोकरी सुरु गरे | अब त उनि संग पैसा धारी आउन थाल्यो | अब जुन बेला मन लाग्यो पिउन थाले |यसरि उनि झन रक्सीको लतमा फस्दै गए | घर परिवार संगको सम्बन्ध पुरै बिग्रिसकेको थियो |
रक्सि खादा खादै उनले जागिरमा गर्नु पर्ने भूमिका पनि निभाउन छाडिदिएका थिए र जागिर पनि गुम्यो उनको |
पिउनको लागि पैसा नहुदा उनि अरु संग मागेर खान्थे |
उनि भन्छन उनले पैसा माग्न कसैलाई अनि छाडेनन्, साथी भाइ, नेताहरु, आफन्त, यति सम्म कि घरमा काम गर्ने (नोकर) र पुलिस सम्म पनि बाकी राखेनन |
अब इज्जत त बाकी नै थिएन | पैसा पनि थिएन अनि उनि घर गए | घर मा बाबु आमा ले छिर्न नदिए पछि उनि बेघर भए | र ९ महिना सम्म दिल्लीको सडकमा मागेर रक्सि खादै बसे |
जब उनलाई पैसाको धेरै खाचो पर्यो त्यस पछि उनले किड्नी बेच्ने विचार गरे | तर मरिने डरले उनले त्यसो गर्न सकेनन ,पैसाको खाँचो त उनलाई धेरै नै थियो त्यसैले उनि एक व्यक्ति कहाँ गए जो संग उनले अहिले सम्म पैसा लिएका थिएनन | तीन व्यक्तिले बिजयलाई सुधार केन्द्रमा लगिदिए |
सुधार केन्द्र बाट भाग्ने क्रममा एक जना वृद्धले रोके | र पाचौ दिन मा एउटा कक्षा भैरहेको ठाउमा उनि गए | जहाँ त्यहि बृद्ध एक सराबी को बारेमा बताई रहेका थिए जब विजयले यो कुरा सुने उनली सबै आफ्नै बारेमा बताए झैँ भयो |
अब शराबीमान्छे ले फेरी पहिले जही जिन्दगि बिताउन मन गर्यो भने शरीरले त बिस्तारै बिस्तारै ठिक ठाउमा आउछ तर भुल सुधार भने धेरै ठुलो कुरा हो |
बिजय लाई अहिले सम्म एउटै कुराको मत्र्रा अभाब खड्किरहेको छ | उनले सबै संग माफी मागे जो जसलाई उनले चोट पुर्याएका थिए तर जब माता पितालाई उनले आफु बस्ने कोठा बाट निकालेका थिए त्यसको २ हप्ता पछि उनका बाबु ले चिठ्ठी लेखेर यस्तो छोरो जन्मनु नै अभिशाप हो भनेर भनेका थिए |
त्यसको एक महिना पछि उनको पिताको देहान्त भयो, उनलाई लाग्छ आफ्ना माता पिताले अझ सम्म पनि माफ गरेका छैनन, उनको आमा अझ सम्म पनि उन संग बस्दिनन |
Watch Satyamev Jayate with Aamir Khan july 1 2012