नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली अवैध नेटवर्किङ व्यवसाय संचालन गर्दै आएको भन्दै हर्वो इन्टरनेसनल प्रालिका अध्यक्ष गोकुल श्रेष्ठ र उपाध्यक्ष पुष्पराज पौडेललाई पक्राउ गरेको छ |
अनुसन्धान टोलीले हाल सम्म अबैधरुपमा १ अर्ब ५१ करोड रुपैया उठाएको भन्दै पक्रेको हो |
हर्बो इन्टरनेसनलले नेटवर्किङबाट ग्राहक बनाई विभिन्न उत्पादन बिक्रि गर्ने गर्दथ्यो | हाल सम्म हर्बोले २ लाख ३५ हजार ५ सय ५४ ग्राहक बनाएको अनुसन्धान बाट खुल्न आएको छ |
यस अघि २ अर्ब भन्दा बढी ठगि गरेको भन्दै युनिटी लाई बिगठन गरेको थियो | केहि मात्र यसका कर्मचारी पक्राउ परे पनि मुख्य अहिले सम्म फरार छन् |
युनिटी काण्डमा पनि हर्बो इन्टर नेसनल लाई कारबाही नगरेको हुनाले यो बैध हो भन्ने धेरैको ठहर थियो | अन्तत धेरै पैसा उठाई सके पछि यो पनि बन्द हुदै छ | भर्खर सदस्य बनेका धेरै नेपालीको पैसा यसमा पनि डुब्दै छ |
