जेलमै Shopping Complex ! त्यो पनि दक्षिण एशियाकै ठुलो !!

By
Advertisement
जेल भन्ने बित्तिकै तपाई के सम्झनु हुन्छ ? एउटा अध्यारो र चिसो कोठा, जसलाई फलामका डन्डीहरुले बेरिएर राखिएको हुन्छ र अगाडी एउटा Policeरुपी  Guard बसेको हुन्छ |

तर यदि तपाईले नयाँ दिल्लीको तिहाडस्थित तिहाड जेल जसलाई तिहाड आश्रमका नामले पनि चिनिन्छको बारेमा सुन्नु भयो भने तपाई छक्क पर्नुहुनेछ | किनकि यसले दक्षिण एशियाकै सबैभन्दा ठूलो Shopping Complex  निर्माण गरेर एउटा नौलो रेकर्ड कायम गरेको छ तिहाड जेल जसलाई बन्दि गृह भन्दा पनि सुधार गृह बनाएर राखिएको छ,

यसको मुख्य उद्देश्य भनेको कैदीहरुलाई विभिन्न उपयोगी कला कौशल, शिक्षा तथा नियम प्रदान गरेर समाजका सामान्य व्यक्तिहरु सरह जीवनयापन गराउनु रहेको छ |

जसको मतलब कैदीहरुको आत्मसम्मान तथा उनीहरुको जीवनमा सुधार ल्याउनु नै यस जेलको उद्देश्य हो | कैदीहरुद्वारा निर्मित सामाग्रीहरु तिहाड ब्रान्डमा पाइन्छ |

एशियाकै सबैभन्दा ठूलो जेल मानिने यस सुधार गृहले Online बिक्रीमा पनि हात हालेको छ जसमा कैदीहरुले निर्माण गरेका फर्निचर, बेकरीका सामाग्रीहरु, कपडाहरु तथा कागज र मोजा लगायतका सामाग्रीहरुको बिक्रीवितरणले मुख्य हिस्स ओगटेको पाइएको छ |

सन् २००९/१० मा मात्रै कैदिनिर्मित तिहाड ब्रान्डका सामाग्रीहरु बेचेर मात्रै तिहाड कम्पनीले ११ करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको भन्ने जानकारी फेला परेको छ |

0 comments:

Post a Comment