61 सेकेण्डको एक मिनेट ??

By
Advertisement
स्कुल मा शिक्षकले पढाउनु हुँदा हामीले भन्ने गर्थ्यौ | ६० सेकेन्ड को १ मिनेट | आज सम्म पनि हामीलाई थाहा थिएन कि ६१ सेकेण्ड को पनि एक मिनेट हुन्छ भनेर |
तर यहि वर्ष २०१२ को जुन ३० तारिक रात को एक मिनेट ६१ सेकेन्ड को हुन्छ | यो गलत वा नजानेर होइन जानाजान नै बैज्ञानिक हरुले यस्तो गरेका हुन |

Leap year जस्तै Leap Second हो यो | बैज्ञानिक ले बिश्वका सबै सोलार घडीको समय एकै बनाउनको लागि यस्तो गरिएको हो | पृथ्वीले एक दिन पुरा गर्न जति समय लाग्छ त्यहि अनुसार नै घडीको समय मिलाउनको लागि यस्तो गरिएको उनीहरुको भनाइ छ |

Universal time (UTC)पहिले नै १ सेकेन्ड समय थप भइ सकेको छ | यधपी समय जोड्ने यो घटना पहिलो भने होइन | यो भन्दा पहिले पनि २४ पटक यसरि सेकेन्ड जोडेर समय एडजस्ट गरिएको थियो | १९७२ मा शुरु भएको यो सृंखलामा सेकेन्ड सधै आधिरात मा जोड्ने गरिन्छ | प्रायजसो जुन ३० वा डिसेम्बर ३१ मा यसरि सेकेन्ड जोड्ने गरिन्छ |

१९७२ मा दुई पटक लिप सेकेन्ड जोडिएको थियो | २०१२ पछि हरेक बर्ष ६ सेकेन्ड जोडिने छ |