तपाई जे चाहनु हुन्छ, जे बन्न चाहनु हुन्छ केवल त्यसप्रति आफ्नो आफ्नो ध्यान सारा ध्यान टिकाएर राख्नुहोस, त्यसलाई टाल्नका लागि बहाना नसोच्नु होस् | आफुलाई थाकेको, हारेको, परास्त र पराजय पटक्कै नसंझिनुहोस् | सधै यस्तो कुरा दोहोर्याउनु होस् " चाहे ज्यान जाओस मा कहिले पनि हार खाने छैन |"
आफुलाई अभागी र किस्मतहिन नठान्नु होस् |" दिमागबाट यो विचार निकलिदिनुस कि तपाईको पराजय पनि हुन सक्छ या भाग्य तपाइको बिरुद्धमा छ | मनबाट यस खाले दुर्बिचारलाइ फ्याकिदिनुस कि तपाई गरिब हुनु हुन्छ र सधै गरिब रहनु हुनेछ |
यस्तो कालो तस्बिरलाई मन सामुन्ने पटक्कै नल्याउनुहोस | यो तपाइको शान्ति, प्रशन्नता र सफलताको शत्रु हो | शत्रुलाई धरासायी नबनाई तपाई अगाडी बन्न सक्नु हुन्न | आफ्नो मस्तिष्कको स्लेटले निराशा र पराजयको भावनालाई मेटिदिनुस | त्यहाँ लेख्नुस कि " म आशाबादी छु, कर्मठ छु, म बिजयी हुँ, म सफलता प्राप्त गर्दै रहनेछु |
Success Tips by Swet MardanPublisher: Debi Prasad NeupaneTranslator: Ramhari BanjaraWritter: Swet Mardan
Hope :: Last Part
एकक्षण का लागि मात्र पनि मनमा बिरामीको विचार, दुर्बलताको विचार अर्कमण्यताको विचार, पराजयको विचार असफलताको विचार आउने नदिनुहोस | यस्तो विचार तपाइको मनमा तब सम्म घुस्न पाउदैन जबसम्म तपाई शिथिल हुनु हुन्न | ढिलो किन गर्नु हुन्छ ? यदि तपाईमा यस्ता हिन भावनाले मनमा जरा गाडे भने या आफ्नो काया फैलाए भने तिनीहरुले आशालाई बाहिर धकेलिदिन्छ्न यी हिन बिचारले तपाइलाई आफ्नो बंशमा लिई बेहोस पनि बनाउन सक्छन | त्यसैले आफ्नो मनमा यस प्रकारको विचार ल्याउनुहोस कि तपाई सर्ब श्रेष्ट प्राणि हुनु हुन्छ | तपाई श्रेष्ट मनुष्य हुनु हुन्छ | तपाई इश्वरद्वारा संसारमा द्वय र महान कार्य गर्नका लागि पठाइएको व्यक्ति हुनु हुन्छ | त्यसैले उच्च विचार लिएर अगाडी बढ्नु पर्दछ |
हाम्रो हृदयको स्वभावगत इच्छा हाम्रो जिबनमा प्रकट भएरै बसेको हुन्छ यदि हामी आफ्नो काममा, आफ्नो चरित्रमा र आफ्नो सारा जिबनमा नै श्रेष्ठको छाप देख्न चाहन्छु भने हामीले आफ्नो आदर्सलाई महान बनाउनु नै पर्दछ | आशाको सार तत्व वा निचोड नै आत्मा बिश्वाश हो | बिश्वाश निस्चय र निष्ठा आशाकै विभिन्न अरु नाम हुन | आशा हाम्रो आदर्शको बाहिरी रुपरेखा हो, कामले उसमा रंग भर्दछ | कार्य र प्रयत्न बिना आशा केवल रुपरेखा या खाका मात्र हो | यदि हामीले आशालाई केवल मानसिक प्रतिबिम्ब मात्र होइन भन्ने देख्न चाहन्छौ भने र त्यसलाई एक बास्तबिक तथ्य र ठोस रुपमा देख्न चाहन्छौं भने हामीले कर्म र प्रयत्नको छेउ समाउनै पर्छ | प्रत्यक सफल र सुन्दर रचनाको पछाडी बिश्वाश आशा आकांक्षा हृदयको प्रबल इच्छा अबश्य बिध्यमान रहेको हुन्छ |
यदि ती नहुने हो भने ती रचना त्यति सफल र सुन्दर कदापी हुन सक्दैनन् | हाम्रो सफलताको बिश्वाश यस्तो चुम्बक हो जुन अपरिमित रचनात्मक शक्तिरुपी फलामलाई आफूतिर आकर्षित पार्दछ | बिश्वाश जति बल शालि हुन्छ कार्य शक्ति पनि त्यतिनै बलबती हुँदै जान्छ |
घरको सपना देख्नुहोस धेरै धन सम्पत्तिको सपना देख्नुहोस प्रभावशाली व्यक्ति बन्ने सपना देख्नुहोस, उदेश्यपूर्ण जीबन बनाउने सपना देख्नु होस् आफ्नो समाजमा महत्वपुर्ण व्यक्ति बन्ने सपना देख्नुहोस, त्यस अनुरुप बन्न योग्य कार्य शक्ति र कर्म सामर्थ्य स्वयम् तपाई भित्र आउन थाल्छ | तपाइको विचारको सम्पूर्ण प्रबाह तपाइको आदर्श नजिकबाट प्रवाहित भएको हुनु पर्छ त्यसको बिपरित वा भिन्न दिशामा होइन | बिचारको एकाग्रताको कारण नै मानब सभ्यताको सबै चमत्कारहरु प्रकट हुने अवसर मिल्दछ्न |
बिचारको एकाग्रताको कारण नै मानब सभ्यताको सबै चमत्कारहरू प्रकट हुने अवसर मिल्दछ्न, राम्रा बस्तुहरु राम्रा भावनाहरु राम्रा अबस्थामा नै आफ्नो जीवनको योगदान हुने थानुहोस | मनमा दृढ बिश्वास जमाउनु होस् कि तपाइको जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्याका लागि नै हो र तपाई त्यस कार्यलाई तब मात्र पुरा गर्न सक्नु हुन्छ जब तपाइँ चतुर्याई बाट कुशलता सर्तकतापुर्बक कोसिस गर्न सक्नुहुनेछ | यदि तपाइँ आफ्नो मनलाई निरन्तर रचनात्मक स्थिति बनाइराख्न सक्नुहुनेछ |
यदि तपाई आफ्नो आदर्शलाई आझ नजिक ल्याउन निरन्तर संघर्ष गर्न सक्नु हुन्छ, यदि तपाई आफ्नो सपना साकार पार्नका लागि लगातार काममा जुट्न सक्नु हुन्छ, भने तपाइँ सम्झनुस कि तपाइको जिबनको लक्ष्य तपाइँ बाट टाढा कतै छैन | मनमा निरन्तर यो दृढ बिश्वाश राख्नुहोस कि तपाई निरन्तर उन्नतिको पथ तिर अघि बढिरहनु भएको छ, कुनै उच्च लक्ष्य तर्फ अघि बढिरहनु भएको छ , कुनै उत्कृष्ट रचना या श्रेष्ठ निर्माण मा सफल भैरहनु भएको छ र तपाइको अस्तित्वको प्रत्यक परमाणु निरन्तर प्रगतिको नजिक अग्रसर हुदै गइ रहेको छ |
धेरै मनिश्हरु यो ठंदचन कि " सपना देख्नु, एक खतरनाक भुल हो, कल्पनामा उल्झेरा बस्नु बेकार हो, सपना देखेर कल्पना गर्दै बस्नु जीबंलाई अब्यबहरिक बनाउनु हो |''तर यश खाले विचार गलत हो | यस्ता सपना र कल्पनाहरु मानिसका लागि त्यति नै पबित्र हुन्छन जति अरु सद्गुण हरु हुन्छन | ती त्यस्तै खाले बरदान हुन जुन अरु श्रेष्ठ प्रकारका ब्रितिहरु हुन्छन | हामीलाई यी यस्ता सपनाहरु दिब्य उदेश्यपुर्तिका लागि प्रदान गरिएका हुन्छन | यदि यस्ता नहुने भए मानवताको यति अद्भुत उन्नति कहिल्यै हुन सक्दैनथ्यो |
कल्पनाद्वारा हामी आजसम्म नबनेका बस्तुहरु देख्न सक्छौ | आज सम्म प्रकट नभएका सौन्दर्यका सपनाहरु देख्न सक्छौ | यस्ता सपनाहरुले हामीलाई आफ्नो आदर्श अनुकुल जिबन ढाल्नका लागि मद्धत गर्दछन | यस्ता सपनाले हामीलाई त्यस समयमा पनि उत्साह र जोश भरिदिइ रहेका हुन्छन जतिबेला हामीलाई कष्टदायक र मन नपरेको काम समेत गर्नु परिरहेको हुन्छ |
सपना देख्नुको शक्तिको कारण हामी गौरबपूर्ण वास्तविकता झाकी देख्न समर्थ भएका हुन्छौ | जुन टाढा भएर पनि हामीलाई अघि बढाउनका लागि प्रात्साहित गरिरहेको हुन्छ | सपना यस कुराको साक्षी हो कि त्यस कार्यको सम्भावना छ - जसलाई आजसम्म संसारले असम्भब ठानेको थियो |
0 comments:
Post a Comment