मेरो मृत्यु दैब भाग ४

By
Advertisement
"तपाई को हुनुहुन्छ ? " विनम्र भाँकामा अन्टीको स्वर बाहिरबाट आएको सुनेँ ।
"नमस्कार ! म प्रमिला हुँ ।" मलिन स्वरमा आवाज आयो ।
"मैले चिन्न सकिन नि"
"नदेखेको मान्छे कसरी चिन्नु "
"बसन्तको घर कहाँ पर्छ "
"बसन्तको घर यही हो ।"
"ए ! यही हो "
"हो"

"पुनः नमस्कार छ है "
"नमस्कार । यता बस्नोस् न ।"
"म बसन्त संगै पढेकी साथी ।"
"कहाँ सहरबाट आउनु भएको हो "

"हो"
"कहिले थाहा पाउनु भयो "
"के "
"थाहा छैन तपाईलाई "
"केही थाहा छैन के भन्नु भा हो "
"आमा वित्नु भा’को"
"ए कहिले त्यही भएर बसन्त पढ्न नआएको हो "
"हो । आज ७ दिन भयो ।"
"बसन्त खोई त "
"भित्र"
"कहाँ "
"कोरामा"
"कोको हुनुहुन्छ "
"अंकलहरु भर्खर बाहिर जानु भयो भित्र रुपा र रोजीना छन् ।"
"को रोजीना आँन्टी "
"बुहारी"
"को बुहारी "
"बसन्तकी श्रीमती"
"बसन्तको विहे भएको छैन भन्थे त "
"थिएन ।"
"अनि "
"अस्ति रुपा लिन गएको दिन भएको ।"
"ए । हो र "
"हो भित्र जाऔँन त हिड्नोस् ।"
"हुन्छ हिड्नोस् ।"
"नमस्कार छ है सबैलाई ।"प्रमिलाले भनिन् ।
"नमस्कार प्रमिला होस्टेलको हालखवर के छ "मैले सोधे ।
"ठिकै"
"साथीहरुले मलाई के भन्छन् ।"
"बसन्तले इ_िन्स्टच्य"ट छोडेछ क्यारे भन्छन् ।"
"ए हो "
"हो"
"म्याम के भन्नु हुन्छ "
"रिसाउनु भएको छ ।"
"किन "
"तिमी नआएर ।"

"हेर प्रमिला मलाई त दैवले ठुलो चोट छोडेर गयो अब म कसरी बाँच्ने ।"
"चिन्ता नगर, तिमी त सार् है दुब्लाएछौ फेरि चुरोट भनेपछि टाढा रहने तिमी आज त चुरोट खान थालेछौ । हेर दुःखसंग सामना गर्नु पर्छ ।"प्रमिलाले भनिन् ।

"हो प्रमिला म सामना गर्दैछु अब मेरो बाँच्ने साहारा यही चुरोट हुनेछ । यो चुरोट पनि नभए म बाँच्नै सक्दिनँ प्रमिला ।"मैले भनेँ ।

मेरो जीन्दगीमा उठेको प्रलयकारी घटना फुच्चि रुपाले विस्तृत रुपमा बताइछ | प्रमिलाले मेरो फिक्का जीवनमा हल्का सान्त्वना दिइन् काठमाण्डौँदेखि मलाई भेट्न आएकोमा ममा हल्का खुसीको पल देखा पर्यो ।
"होस्टेलमा सबै सन्चै छन् प्रमिला ? "

"सन्चै छन् तर तिम्रै पीरले चिन्तित छन " प्रमिलाले भनी ।
"सर म्यामले मलाई के भन्नु भा’छ "मैले सोधेँ ।
"तपाइको मार्ग निर्देशन दिने सर अलि नेगेटिभ हुनु भा’छ ।" प्रमिलाले हिचकिचाउँदै भनिन् ।
"प्रमिला तिमी आज बस्छ्यौ हैन "मैले सोधें ।

"म बस्दिँन बसन्त ! होस्टेलको नियम तिमीलाई थाहै छ म आज शनिवार भएकाले कसैलाई नभनी आएकी म्यामले थाहा पाए मलाई गाली गर्नुहुन्छ ।"प्रमिलाले डराई डराई मनको कुरा खोलिन् ।
"म पनि अब केही दिनमा आउँछु मैले चिठी लेखेर पठाई सकेको छु ल तिमिलाई ढिला हुन्छ छिटो जाउ ल ।"मैले भने ।

"हुन्छ दादा जे नहुनु पर्ने त्यो भइ नै सक्यो । अब चिन्ता गरेर के गर्ने आफ"ले आफैँलाई दुःखी पार्नु मात्र हो त्यसैले दादा म अहिले जान्छु हेर्नास् हिजो सम्म म तपाइकी साथी थिएँ तर आजबाट म तपाईकी प्यारी बहिनी बन्दैछु । मलाई बैनी त भन्नु हुन्छ नि हैन "प्रमिलाले आँखा भरि आँशु झार्दै भनिन् ।
"हो भन्छु म त तिमीलाई लाई पहिले देखी नै बहिनी मान्थे अब मेरी बहिनी एउटी मात्र छैनन् दुइटी भए मलाई खुसी लागिरहेको छ । नानु तिमीलाई लाई ढिला हुन्छ छिटो जाऊ ल !"मैले बिदा दिए ।

आँखा भरि आँशु पार्दै र बलेसीको पानी झै आँशु झार्दै प्रमिला होस्टेल तर्फ लागिन । केही क्षण प्रमिलाको साथ पाउदा शान्ति पाएको थिएँ मैले पुनः चुरोट सल्काएँ र चुरोट सँगसँगै उडीरहे । यस्तैमा दिनहरु बित्दै जाने क्रममा १२ औँ दिन आयो १२ औँ दिन आउँदा सबै व्यक्तिहरु १२ औँ दिनको पुन्य तिथिको अवसरमा प्रसाद खानका लागि हाँसी रहेका थिए रमाइरहेका थिए । कोही भन्दै थिए मेरो विवाहको भोज खान आएका त कोही दुश्मनहरु यो आमा चाहिँको काट्टो भोज होकी छोराको विवाह भोज भन्दै थिए । मैले सोचेँ धेरै धेरै सोचँे तर म चुपरहँे । बाहुन भनाउँदाहरु हाँसोमा रमाएका थिए । उनीहरु त मान्छे मरेमा गाई बढ्ने दान दक्षिणा पाउने कारणले रमाएको पाएँ ।

पुनः तेर् हाँै दिन पनि आयो यति धेरै दिनपछि नुन मेरो मुखमा पर्दामा अमृत परेझँै लाग्यो आज त मैले सबैलाई छुन हुने मेरा गाउँका मिल्ने साथीहरुले मलाई सान्त्वना दिदै थिए तर म भने मौन रहेँ कोहीसंग केही बोल्नै सकिँन । मलाई आफुले आफ्नै मृत्यु कुरिरहे झँै लागिरहेको थियो । जीवनमा आफ"ले आफैंलाई गुहार गुहार मागिरहेको थिए तर कहि कतै सन्तोष थिएन । शोक छ भोक छ भाग्य छैन थिति छैन थाती छ भिजेका गह र दुःखैदुःखको दह मात्र छ । तर यो मनमा अतृप्त रहर पनि मर्दै र झर्दै गएको छ । म पनि आएको १५ दिन भई सकेछ भोलि त म पनि शहर तिर जान्छु भन्ने सोच लिएर बसिरहँे ।

"रुपा तँ बस् है राम्रो पढ्नु म जान्छु"मैले भने ।
बुबासँग बिदा मागेर म पुनः शहरतिर लागें ।

"म अब छिटो आउँदिँन हामी केही दिन पछि पढाइको शिलसिलामा ४५ दिनका लागि फिल्डमा बाहिरी जिल्लाहरुमा जानु पर्छ । त्यसपछि मात्र आउँछु होला त्यो पनि होस्टेलमा बिदा दिएमा आउँछु ।"मैले भनेँ ।
काली बैनी, दुःखी पि्रयसी रोजीना, आन्टीले आँखा भरि आँशु पार्दै र आँशु झार्दै मलाई बिदाइका हातहरु हल्लाए । एक बखत त लाग्यो अब किन पढ्ने मैले म त्यो जेल जस्तो होस्टेलमा किन जाने घरमा यस्तो दुःखको अवस्था छोडेर अरुको संस्थामा बिना पैसामा नोकर झैं काम गर्न किन जाने म हुन त मैले Social Work सम्बन्धी केही ज्ञान लिनु छ त्यसैले यो बाँकी ६-७ महिना बिताउन पनि जानै पर्छ मेरा ती दुःखमा साथ दिने होस्टेलका साथीहरुसँग मिलेर दुःख बाँड्न पनि जानै पर्छ भन्ने सोचले म घरबाट निस्किए । फेरि पनि सोच आउँछ घरमै बस्नुपर्छ किनकि बिचरी मेरी प्रेमी रोजिनाको इच्छा आकांक्षालाई प"रा गर्नु पर्छ होला जस्तो लागिरहेको थियो तर पनि मनमा घरको सोच हटाएर यात्रा तर्फ लागें ।

जाँदा बाटोमा पनि जाऊःकि नजाउँ दोमन भइ नै रह्र्यो सुन्दर वातावरणको दृष्य अवलोकन गर्दै ध्यानलाई अन्त मोड्न खोज्दै हिडी सकेँ तर पनि किन किन जति बल गरे पनि पाइला अघी बढ्न गारो मानिरहेको छ । कुनै बेला त बाँच्नुको अर्थ नदेखेर आत्महत्या गरेर मरिदिउँकि जस्तो लाग्दथ्यो त कुनै बेला केही समय यही जंगलमा बनबास बसें कि झैं हुन्थ्यो यात्रा अघि बढ्नै सकेको थिएन । घरीघरी घरमा परेको पीडा बैनी र म टुहुरो भएको बुबाले आमाको माया पाउन नसकेको बिचरी रोजीनाले चिन्दै नचिनेको केटासँग विहे र विहेकै दिन सास"को मृत्यु काज कि्रयापछि पनि लोग्ने साथमा नहुने त्यो पीडा मेरो मनमा घुमिरह्यो ।

 अर्का तर्फ सोच्दा मेरो पहिलो प्रेम ऋतुसँगको एक्कासि विछोड त्यसरी कसम खाएर बाचा बन्धनले राखेकी ऋतुलाई मैले चट्टकै छोडेको पापको फल अब मैले के के भोग्नु पर्ने हो यस्तै नकारात्मक सोचहरु मेरो मनभरी उठी नै रहे । अर्कातर्फ म मेरी पि्रय ऋतुलाई सम्झिन पुगें म उनको बस्तिमा बस्ता उनलाई कविता लेख रचना भनेको के हो थाहै थिएन तर पछि बारम्बार मैले लेखेका लेख रचना उनलाइ नै कम्युटर टाइप गर्न दिन्थें । कविता दिदामा कापीको छेउ छाउमा I Love You लेखेर दिन्थें त्यस्तो लेखेको ध्यान दिएर हेरेमा देखिन्थ्यो तर झट्ट हेर्दा देख्न गार्हो हुन्थ्यो । मैले दिएका कागजका टुक्राहरु उनले छेउछाउ कुना काप्चा ध्यान दिएर मा संग सुटुक्क भन्थिन् तपाईलाई पेन्टिङ्ग गर्न राम्रो आउँदो रहेछ ।”

 उनकॊ भनाइले म लाजले मुन्टो तल झार्थें । एक दिन उनकॊ कोठामा जाँदा उनकॊ तकिया मुनि मैले गिफ्ट दिएको डायरी भरि कविता लेखेर राखेको पाएँ उनका ती कविता भावुक प्रकृति प्रेमी थिए । यस्तै यस्तै शब्द मनभरि उठी नै रह्र्यो । म शहरमा पढ्न आउने दिन उनकॊ श्रृङ्गारका सामान राख्ने ठाउँमा मैले फुलको गिफ्ट छोपेर राखेको थिएँ । त्यो उनले पछिमात्र पाइछन् र मलाई त्यही दिन फोन गरेकी थिइन् ।

0 comments:

Post a Comment