जिन्दगि अरुकै लागि जिउनु पर्दो रहेछ

By
Advertisement
आफु खाली पेट बसेर पनि पनि यहाँ
अरुलाई अघाउन्जेल खुवाउनु पर्दो रहेछ
हो साच्चै नै यहाँ जिन्दगि
अरुकै लागि जिउनु पर्दो रहेछ
आफ्ना हरेक इच्छा आकाक्षा हरुको तिलान्जली दिएर
अरुको इच्छा पूर्ण गराउनु पर्दो रहेछ
हो साच्चै नै यहाँ जिन्दगि
अरुकै लागि जिउनु पर्दो रहेछ

आफु जिउदै मरेको लाश झैँ भएर
अरुलाई जिन्दगि दिनु पर्दो रहेछ
हो साच्चै नै यहाँ जिन्दगि
अरुकै लागि जिउनु पर्दो रहेछ



मुटु भित्र पिडा र बेदना लुकाई
बाहिर खुसि देखाउनु पर्दो रहेछ
हो साच्चै नै यहाँ जिन्दगि
अरुकै लागि जिउनु पर्दो रहेछ


आफु आसुका धारा पिएर पनि
अरुलाई हासोको बर्षा गरि दिनु पर्ने रहेछ
हो साच्चै नै यहाँ जिन्दगि
अरुकै लागि जिउनु पर्दो रहेछ

2 comments:

  1. Life Is always for Others. We have to live fr others.

    ReplyDelete
  2. Yeha aaphno jingagiko kunai mahatwa nai chiana kunai artha nai chhaina

    yo jindagi nai yestai ho sadhai aruko lagi bachne garnu parne cha hamiharule

    ReplyDelete