“र” उसको नाउँ भारत हो

By
Advertisement
“र” उसको नाउँ भारत हो
असल मित्र हो
उ मेरो
समवेत दुःख पोख्छ
रुन्छ मेरो दुःखमा
दुःखको अवरणले ढाक्छ आफूलाई
चुहाउँदै गोही आँशु भित्रभित्रै
हास्छ, नाच्छ, रमाउँछ

मेरो सुखमा
उमङ्गभाव खुशी देखाउँछ
खेलाउँदै सुपर्णखा र शकुनीहरु
भित्रभित्रै
स्वागत द्वारमा विषकुम्भहरु
भरेर


शतरंजाहरु फैलाएर वैठकमा
बस्छ मेरो खुशीमा खुशी वाड्न
आदि ....... इत्यादि ……!असल मित्र हो
उ मेरो

आगो लाग्दा मेरो घरमा
बाल्टी बोकेर अगाडि उही आउँछ
तल्तिरबाट आगो सल्काउन
अगुल्टो उसैले झोसेको हुन्छ
पछिल्तिरबाट मट्टीतेल खन्याउन
खेताला उसैले खटाएको हुन्छ

घर झगडा सधैं मेरो
मिलाउँन मित्र बनेर
भित्रभित्र धुरा पस्छ
मुखले राम राम “राम” बोल्छ
भित्रभित्रै त “र” “वार” चलाउँछ

सुखदुःखको साथी
असल मित्र हो
उ मेरो
मित्र मात्र होइन भाइ सम्झन्छु
भ्राता भरत देख्छु, उसलाई
तर उसको नाउँ भरत हैन,
भारत हो ।

हो, उसको नाउँ भारत हो।।
“र” उसको नाउँ भारत हो ।।।


--शिव प्रकाश,बोस्टन अमेरिका
Published in नेपाल स्पेन

1 comment:

  1. भरत होइन भारत नै हो । एती धेरै अरुलाई दु:ख दिने पनि भरत हुन्छ त भारत नै हो ।
    राम्रो लेख रैछ ।

    ReplyDelete