जापानले अन्तरिक्षमा पठायो बोल्ने रोबोट हेर्नुहोस भिडियो ...

By
Advertisement
जापानले विश्वमै पहिलो बोल्ने रोबोट अन्तरिक्षमा पठाएको छ । अन्तरिक्षयात्री कोची वकाटाको साथीको रुपमा पठाइएको यो रोबोटको नाम ‘किरोबो’ राखिएको छ ।

"किरोबो"ले वकाटा संग जापानिज भाषामा कुरा गर्ने छ भने अन्तरिक्ष यात्री वकाटासँग हुने कुराकानी पनि रेकर्ड गर्न सक्छ ।

१३ इन्चको किरोबोले अन्तर्राष्ट्रिय स्पेश स्टेशनमा काम गरिरहेको छ । यसले कन्ट्रोल रुपमबाट आउने सन्देश अन्तरिक्ष यात्रीलाई दिने काम पनि गर्दछ ।


यो रोबोर्ट तयार गरेर पठाउनुको उदेश्य भने लामो समयसम्म एक्लै रहने मानिससँग मेशिनले कस्तो भावनात्मक सहारा दिन्छ भन्ने कुराको जानकारी लिनु रहेको छ ।

किरोबो रहेको एच2बी रकेटले खाना, पानि र अन्य आबस्यक समान सहित आइतबार बिहान तानेगाशीमा द्वीपबाट उडान भरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



Link: world-s-first-talking-robot-sent-into-space