उपहार दिने भन्दै आखा चिम्लन लगाई कोठामै खुकुरी प्रहार

By
Advertisement
भेटघाटको लागि पोखराको ड्यामसाईडमा रहेको होटल अशोकमा पुगेका एक जोडीको घटनाले धेरैलाइ आश्चर्य चकित बनाइदिएको छ ।

तनहुँ दुलेगौंडाकी १९ वर्षकी रुपा मगरले उपहार दिने भन्दै होटल भित्रको कोठामा गएपछि स्याङ्जाका २० वर्षका त्रिलोचन शर्मालाई खुकुरी प्रहार गरि आफुले आत्महत्या गरेकी छिन ।

फोनमा कुराकानी भएपछि भेटघाटको लागि होटल अशोकमा पुगेका उनीहरुले केहि समयको कुराकानी पछि होटलमा कोठा लिएका थिए ।

कोठा भित्र पसेको केहि समयमै युवतीले उपहार दिने भन्दै आफुलाई आखा चिम्लन भनेको र आखा चिम्लेपछि युबकमाथि खुकुरी प्रहार भएको उज्यालो अनलाइनको समाचारमा जनाइएको छ ।
आफुमाथि खुकुरी प्रहार भएपछि चिच्याउदै बाहिर निस्केर संचालकको सहयोगमा शर्माले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी आएर हेर्दा भने शर्माको टाउकोमा चोट देखिएको र युबति भने सिलिङ्गमा सलको पासो लगाई झुण्डीइ मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका शर्माको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ भने युबतिको शब पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

यूबकले प्रहरीलाई युवती संग अघिल्लो दिन मात्रै चिनेको बताएका छन् । कास्की प्रहरी प्रबक्ता सन्तोष खड्काले घटनाको बारेमा अनुसन्धान जारि रहेको बताएका छन् ।