
मोरङ बेलबारीमा आफुलाई बलात्कार गर्न आएको भनेर उजुरी गर्न गएकी महिलालाई स्थानीय बासीले बर्बर यातना दिएको भिडियो सार्बजनिक भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
प्रकाउ परेका ६ जना मध्ये ४ महिला र २ पुरुष छन् । उनीहरुलाई सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरि कार्यालय बेलबारीका प्रहरी निरीक्षक दिलिप घिरिले जानकारी दिनु भएको छ ।
मोरङ बेलबारीकि २३ बर्षीय युवतीले आफुमाथि जिबन भेटवालले बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । युबतिको उजुरी पछि प्रहरीले जिबंलाई शनिबार राति ८ बजे प्रक्राउ गरेको थियो ।
तर प्रहरीले प्रमाण अपुग भएको भन्दै भोलि पल्ट नै छाडिदिएको थियो । यहि बिषयलाई लिएर छलफल गर्न भन्दै युवतीलाई बोलाएर स्थानीय बासीले बर्बर यातना दिएका थिए । स्थानीयले दलितले आफुहरुलाई झुटो आरोप लगाएको र सामाजिक बेइज्यत गरेको भन्दै यसरि कुटपिट गरि लुगा पनि च्यातिदिएका थिए भने कालोमोसो दलेर जुत्ताको माला लगाई दिएका थिए ।
घटना भएको ४८ घण्टा पछि राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति निकाली आफ्नो क्षेत्रीय कार्यालय (विराटनगर) ले घटनाको अनुगमन गरिरहेको जनाएको छ।

विज्ञप्ति स्रोत : माइसंसार