
बच्चालाई गत जेठ ७ गते मीनाले जंगलमा छाडेकि थिइन् भने जंगलमा छाडेको १२ घण्टा पछि मात्र प्रहरीले उद्दार गरेको थियो ।
जंगलमा रातभरी रहेकोले निमोनिया भएकोले उद्दार पछि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको थियो । तर उपचार पछि बाबु तथा अन्य आफन्तले बच्चाको वास्ता नगरेको प्रहरीले बताएको छ ।
बाबुले अस्पतालमा उपचार गर्दा गर्दै छाडेर हिडेपछि अस्पतालले बच्चालाइ जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालयमा बच्चा र उसको उपचारमा लागेको खर्च रु ३८ हजार ५ सय रुपैयाको बिल पनि प्रहरीलाई दिएको जिल्ला प्रहरी कार्यालय पर्बतले जनाएको छ ।
पटक पटक बाबु र मावलीलाई खबर गर्दा पनि कोहि लिन नआएकोले प्रहरीले अन्य संरक्षक खोजेर जिम्मा लगाउने तयारी गरेको खबर प्राप्त भएको छ ।
आफन्तलाई केहि दिन कुर्ने र आएनन भने जिल्ला बालकल्याण समिति मार्फत बैधानिक रुपमा अन्य संरक्षक खोजेर संरक्षक तोकिदिने तयारी गरेको पर्वतका प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले बताउनु हुन्छ ।
मिना अहिले बच्चा मार्ने उदेश्यले बच्च्लाई जंगलमा फलेको अभियोगमा पर्वत जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेकी छन् । उनका श्रीमान कृष्णबहादुर पौडेल दक्षिण बागलुङ्गमा ट्याक्टर चलाउने काम गर्दछन ।
cruel-parents