आमा बाबुलाई बेवास्ता गरे जेल जानु पर्ने

By
Advertisement
कलि युग छ, छोराछोरी सबै आफनै काममा ब्यस्त हुन्छन । छोराछोरीले आफ्ना बृद्ध आमा बुबाको उचित( राम्रो संग ) हेरविचार गर्ने गरेको कमै मात्र देख्न पाइन्छ ।

तर अब छोराछोरीले आफ्ना बृद्ध आमा बाबुको उचित हेरविचार गरेन भने जरिवाना तिनुको सथिया जेल सम्मको सजाय हुने भएको छ ।

व्यस्त जीवनशैलीका कारण सन्तानले आफ्ना अभिभावकलाई बेवास्ता गर्ने क्रम बढ्न थालेपछि चिनिया सकरकारले यस्तो नियम लागु गरेको हो । नया चिनिया नियम अनुसार प्रत्येक उमेर पुगेका चिनिया छोरा छोरीले आफ्ना अविभावकको उचित हेरविचार अनि रेखदेख गर्नु पर्दछ ।

नागरिक ( बृद्ध आमाबाबु) हरुले एक्लो अनि निरश जीवन बिताउनु परेको, छोरीछोरीले उचित हेरविचार नगरिदिएको गुनासो गर्न थालेपछि सन्तान बाट आमा बाबुले राम्रो स्याहार सुसार पाउन भन्ने उदेश्यले सरकारले यस्तो नियम बनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

नया नियम लागु भएपछि छोराछोरीले आफ्ना बाबुआमाको आध्यात्मिक चिन्तनको सम्मान गरि बाबुआमाको इच्छाहरु पुरा गर्न बाध्य हुनु पर्ने देखिएको छ । यो नियम चिन भित्र रहेका चिनिया नागरिकको लागि लागे पनि देश बाहिर रहेका नागरिकलाई कसरि यो कानुनको दायरामा ल्याउन सकिन्छा भन्ने कुरा अन्यौलमा छ ।

चीनमा सन् २०१० सम्म ६० बर्ष वा सो भन्दा माथिका नागरिकको जनसंख्या १७ करोड ८० लाख रहेको बताईएको छ । सन् २०३० सम्म यो संख्या दोब्बर हुने अनुमान छ ।