श्रीमतीलाइ अर्कैसंग बिहे गर्न उक्साएको भन्दै श्रीमान संग बदला लिन श्रीमतीको हत्या : भिडियो

By
Advertisement
धादिंगको दार्खा गा. बि. स मा एक व्यक्तिले एक महिलाको हत्या गरेका छन् । धादिंग दार्खा गाबिस ८ का बलबहादुर तामांगले आफ्नै छिमेकीको श्रीमतीको हत्या गरेका हुन् ।

तर महिलाको हत्याको कारण भने अनौठो छ । बलबहादुरले आफु बिदेशमा रहेको बेला आफ्नो श्रीमतीलाई उक्साएर छिमेकीले पोइल लगाइदिएको शंका गर्दै छिमेकीको श्रीमती ३४ वर्षिया कुमारी तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

६ बर्ष अघि बलबहादुर रोजगारीको लागि मलेशिया गएको र फर्कदा आफुले कमाएको केहि पैसा सहित आफ्नो श्रीमतीले दोस्रो बिहे गरेर टाप कसेपछि बलबहादुरले यसको दोष छिमेकी काशीराम तामाङलाई दिदै आएका थिए । यहि कुराको रिसमा काशिरामको श्रीमतीको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरी बताउछ । बलरामले पटक पटक काशिरामलाई आक्रमणको प्रयास गरेको र गत जेठ ३१ गते विहान ७ बजेतिर घाँस काट्न गएको बेला काशिरामको श्रीमती कुमारीको हत्या गरेको प्रहरीको भनाइ छ ।

हाल प्रहरी नियन्त्रणमा रहेका बलबहादुरले आफुले दुख गरेर कमाएको पैसा लिएर श्रीमतीले अर्को बिहे गरेपछि बिचलित भएर श्रीमतीलाई अर्कोसंग विवाह गर्न सहयोग गर्नेको पनि आफ्नै जस्तो हविगत होस् भनेर श्रीमती मारिदिएको कुरा प्रत्रकारहरुलाई बताएका छन् ।
हेर्नुहोस इमेज च्यानलबाट प्रसारण भएको यो रिपोर्ट ...



Link: bhandafor-july-11th-2013