ह्वेलमाछा वरफमा फसेपछि ( Watch Video)

By
Advertisement

चिसो अत्याधिक बढेको छ | अत्यधिक चिसोको कारण क्यानडाको हड्सन खाडीमा भएको पानी जमेर बरफ भएको छ |

त्यहाँ रहेका दर्जनौं ह्वेलमाछा त्यो बरफमा फसेका छन् | यसरी ह्वेलमाछा बरफमा फसेपछि त्यहाको स्थानीय बासिन्दाले सरकार संग ह्वेलमाछाको उद्दारको लागि आग्रह गरेका छन् |


हड्सन खाडीमा सोमबार देखि पानी जमेर बरफ बन्न थालेको हो | स्थानीय बासीन्दाको अनुसार हड्सन खाडीमा रहेका ह्वेलहरुले जमेको बरफमा ससाना प्वालहरु बनाई सास फेरिरहेको भए पनि ती प्वालहरु पनि अत्यधिक चिसोको कारण पानी जमेर बाक्लो बरफ भइ टालिने खतरा छ |

बरफमा फसेका ह्वेलहरु मानिसको लागि निक्कै खतरनाक हुन्छन तर पनि उनीहरु यसरि फसेपछि सरकारले उद्दार गर्नु पर्ने स्थानीय बासिन्दाहरु बताउछन |

घटनास्थल उत्तरी मोन्ट्रियलबाट १५ सय किलोमिटर पर पर्ने इनुक्जुआक क्षेत्रको क्युबेक गाउँ हो र त्यहाँ माझी समुदायका मानिसहरु बस्ने गर्दछन |

0 comments:

Post a Comment