बस दुर्घटनामा १३ को मृत्यु, अन्य घाइते

By
Advertisement
आज बिहान सुर्खेतको गमखोलामा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य २० जना भन्दा बढी घाइते भएका छन् |

शुक्रबार बिहान सुर्खेतको भेडाबारीबाट बीरेन्द्रनगरका लागि छुटेको ना २ ख ५७ ४१ बस दशरथपुर ६ गमखोलामा दुर्घटना भएको थियो |

प्रहरीका अनुसार सडक बाट ६० मिटर तल खसेको थियो |



उक्त बसमा ज्यान गुमाउनेहरुको बिबरण :
सुर्खेत घर भएका
१) कल्याण ८ की चन्द्रकला रावत
२)लेखफर्सा ९ का थमन मिदुन
३) गुमी ४ का केशर श्रीस
४) गुमी ४ का सर्जन श्रीस
५) दशरथपुर ७ का मानबहादुर गाहा
६) साटाखानीकी दीपा ढकाल, सुर्खेत
८) दशरथपुर ५ का कुमार पौडेल,
९) गुमी ५ का राजेन्द्र गुरुङ
१०) दशरथपुर ३ की ममता खड्का
११) गुमी ५ का दीपेन्द्र गुरुङ

१२) नेपाली सेनामा कार्यरत चितवनका राम रानाभाट
१३)दैलेखका तुकराम विक,


नेपाली सेना, प्रहरी र स्थानीयबासिन्दाले घाईतेलाई उद्धार गरी क्षेत्रीय अस्पताल विरेन्द्रनगरमा लगेका थिए ।

नाम विवरण: इकान्तिपुर, उज्यालो अनलाइन

0 comments:

Post a Comment