
नगरपालिकाको धुलाबारी र काँकरभिट्टास्थित स्वास्थ्यकेन्द्रमा उपचार गराउन आएका बिरामीको परीक्षण गर्दा आइतबारसम्म ५६ रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरले जनाएको छ ।
ती स्वास्थ्य केन्द्रमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र जनस्वास्थ्य कार्यालयका टोली उपचारमा संलग्न छन् ।
आइतबार मात्र पाँच नयाँ रोगी फेला परेको र केही दिनसम्म सोही अनुपातमा नयाँ रोगी थपिने क्रम जारी रहन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । “नगरक्षेत्रको बाहिरी भागमा कीटनाशक औषधि छर्ने काम सम्पन्न गरी अब घर घरमा प्रवेश गरेर औषधि छर्ने काम भइरहेको छ” उहाँले भन्नुभयो ।
कतिपय व्यक्तिको पानीट्याङ्कीका साथै होटेलको ड्रममा राखिएको पानीमा समेत लामखुट्टेको लार्भा पाइएको छ । जबसम्म ती लार्भा मर्दैनन् तबसम्म नयाँ रोगी पmेला परिरहने बताउँदै कार्यालय प्रमुख भगतले भन्नुभयो, ‘दस दिनपछि क्रमिक रुपमा घट्ने सम्भावना छ ।’
डेँगु रोगीलाई ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिङ्गटा लाग्नेजस्ता लक्षण देखिन्छ । रासस
0 comments:
Post a Comment