पोखरा बिमानस्थल बाट काठमाडौँ को लागि उडेको एती एयरलाइन्सको ९ एन ए जे सी जहाजमा चरा ठोक्किए पछि आकस्मिक अवतरण गरिएको छ |सो बिमानमा रहेका सबै यात्रु सकुशल रहेका छन् |
दिउसो ३ बजेर ३९ मिनेटमा उडेको जहाजमा उडेको ६ मिनेटमै पोखरा बिमानस्थलमा आकस्मिक अबतरण गरिएको हो |
उडेको केहि मिनेटमा जहाजमा अनौठो आवाज आएको थियो र जहाज हल्लिएको थियो | पाइलट एस एल मास्केले पुन: पोखरा बिमान स्थलमै फर्काएका थिए | जहाजमा चालकदलका ३ सदस्य र २५ यात्रुसहित २८ जना सबार थिए |

0 comments:
Post a Comment