
आज बिहान सीता एयरको एक विमान भक्तपुर को मनोहरा बस्तिमा दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका चालक दलका ३ सदस्य र सबै १६ यात्रुको मृत्यु जनाकै मृत्यु भएको छ ।
लुक्लातर्फ उडान भर्ने क्रममा उडेको ३ मिनेटमै आज बिहान ६:१९ बजे दुर्घटना भएको हो । धावन मार्ग बाट उडेर आकाशमा पुगिसकेपछि मोड्न खोज्दा बिमान दुर्घटना भएको हो |
विमानमा कति जना थिए भन्ने एकिन पुष्टि हुन बाँकी रहेपनि १६ जना यात्रु र ३ जना चालक दल रहेको बताइएको छ ।
अहिले त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले उद्धार कार्य जारी राखेको छ ।
चालक दल मा बिजय तन्डुकार, ताकेसिह थापा र पूजा शाक्य रहेको खबर सगरमाथा टेलिभिजनले प्रसारण गरिरहेको छ |
0 comments:
Post a Comment