इस्लाम धर्म बिरोधि फिल्म बनाउने निर्मातालाइ पक्राउ गरिएको छ | उक्त फिल्म निर्माता नाकौला बास्सेले नाकौला(Nakoula Basseley Nakoula)लाइ पक्राउ गरिओएको जानकारी लस एन्जलका प्रतिनिधिले जानकारी दिएका हुन् |प्रतिनिधि कार्यालयका प्रमुख थोम म्रोजेकले नाकौला हिरासत मा रहेको पुस्टि गरेका छन् |
नाकौलालाइ लस एन्जलको संघिय अदालतमा पेश गर्ने तयारी भैरहेको जानकारी बाहिर आएको छ | तर अझै पनि कुन अदालत मा पेश गर्ने भन्ने बारेमा प्रष्ट खबर भने आएको छैन |
नाकौलाले यो फ्लिम बनाए पछि धेरै देशका इस्लाम समर्थित व्यक्तिहरु क्रुद्ध भएका छन् भने विभिन्न देशहरुमा अमेरिकाको बिरोध हुदै आएको छ | कतिपय देशमा अमेरिकी दुताबास मा आक्रमण समेत भएको थियो |
तस्बिर : TMz

0 comments:
Post a Comment