
धेरैको छोरा छोरीले आफ्ना अर्की आमा अर्थात् सौतिनी आमा, भनु या कान्छी आमा मन पराउनन् तर संचारकर्मी सम्झना अर्यालले आफैले बाबु एक्लो भएको भन्दै आफैले आमा खोजेर बाबाको बिहे गरिदिएकी छिन |
उनले आफ्नो फेसबुकमा बाबु र नया आमाको बिबाहको तस्बिर पोस्ट गर्दै लेखेकी छिन "बाबा एक्लै भएपछि बेदनाले भरिएको मन आज सान्त भएको छ । आफनै पहलमा आज बाबालाई साथी मिलाइदिए ।"
सम्झनाले दुइ वर्ष अघि आमा गुमाएकी थिइन | आमा नहुनु पिडा त उनि संग छदै थियो अर्को तिर बुबालाइ सहयोग गर्ने नहुदाको बुबाको अवस्था उनलाइ हेर्न झन गाह्रो भयो |
सम्झनाको बुबा एक शिक्षक हुनु हुन्छ | धादिङ नलाङ-३ काम्दी निवासी उहा तही गाउकै बिद्यालय मा पढाउने गर्नु हुन्छ | श्रीमतीको निधनले घर चलाउन निक्कै गाह्रो भएको थियो उहालाई, चोरीको बिहे भइ सकेको र छोरा पनि काठमाडौँमा बसेर पढ्ने हुनेले उहा एक्लो हुनु हुन्थ्यो |
बुबाको एक्लोपन सम्झेर साथी खोज्न लागेकी सम्झनाले आफ्नै घर मोरङको घर्पत्तिको नाता पर्ने महिलासंग कुरा चलाएकी थिइन | सुरु सुरुमा बुबाले नमान्नु भएको तर सम्झना र उनको भाइले धेरै कर गरेपछि मात्र बिहे सफल भएको उनि भन्छिन |
बिराटनगरको एक मन्दिर मा हिमा आचार्य र सम्झनाको बुबा हेमराज अर्यालको शनिबार बिबाह सम्पन्न भएको हो |
अबिबाहित हिमासंगको बिबाह पछि सम्झनाका बुबा हेमराजले छोराछोरीको करले नै बिहे गरेको बताउदै भन्नु भयो " अब मेरो जिबनमा पनि खुसि आउने भयो |"
एक्लोपन कस्तो हुन्छ भन्ने महसुस गरि आफ्नो बाबुलाई जोडी मिलाईदिने यी छोराछोरीलाई भने मान्ने पर्छ बा |
0 comments:
Post a Comment