ल अब बम्जनलाई सुरक्षा चाहियो रे

By
Advertisement
केहि जातीय तथा धार्मिक संघ सस्थाहरुले बाराको हलखोरिया जंगलला महल बनाई बसेका तपस्वी भनिएका राम्बहसुर बम्जनको सुरक्षाको लागि सरकार संग माग गरेका छन् |

बोधि श्रवण धर्म संघ, नेपाल तामाङ घेदुङ, उर्गेनछ्योइलिङ गुम्बा, कर्मसम्तेलिङ गुम्बा, विश्व शान्ति महाबौद्ध गुम्बा र नेपाल आदीबासी जनजाती महासंघले राजधानीमा आज पत्रकार सम्मेलन गरि बम्जनको तपस्या पुरा गर्न आबस्यक सहयोग गरिदिन सरकारसंग माग गरेका हुन |

बम्जनले हलखोरिया जंगल भित्र बनाएका गुम्बा लगाएतका अन्य संरचना सरकारले भत्काएको घटनाको बिरोध पनि गरेका छन् |
पत्रकार सम्मेलनमा संरचना भात्काउनेलाई कारबाही गरि भत्काईएका सम्पूर्ण संरचना जस्ताको तस्तै पुन निर्माण गर्नु पर्ने, बम्जनलाई सुरक्षा दिनु पर्ने, तपस्वीको आय व्ययको समिति बनाई अनुसन्धान गर्नु पर्ने, हलखोरियालाई धार्मिक बन घोषणा गरि विश्वसम्पदा सूचिमा राख्नु पर्ने बम्जनका भक्तहरुले बन फडानी गरेको भन्ने आरोप लागे दर्ता गरिएको मुडा खारेज गर्नु पर्ने मागहरु सार्बजनिक गरिएको छ |

तर बम्जन निकट केहि ले भने बम्जनले हलखोरिया छाडेर भागेको नभई तपस्या पुरा भएकोले अब तपस्यामा प्राप्त ज्ञानहरुको बारेमा पुस्तक लेख्ने र त्यसको लागि सिन्धुली गएको जनाएका छन् |

0 comments:

Post a Comment