मेरो मृत्यु दैब भाग ५

By
Advertisement
"एक्स् क्यूज मी ! कति बज्यो दाइ " सुमधुर सुरिलो भाका आयो । मैले यसो फर्किएर हेरे उनै उर्वसी परी रहिछन् मैले चिनेर चुप रहेँ निहुरिएर थ्याच्च बसें मेरो मन झन कता कता पुग्यो ।

"दाइ कति बज्यो सुन्नु भएन " पुनः उनै उर्वसी परीले सोधिन् ।

उनको भनाइले म बिगतका दिनहरु सम्झिन पुगें पहिला देख्नासाथ बोलिहाल्ने म नजिक हुनासाथ उनको गालामा पुग्ने मेरो ओठ आज तसर्िएको छ डराएको छ नजिकैमा हुँदा अंगालोमा अंगाल्ने मेरो हात आज निर्जिव फलाम जस्तो भएको छ भेट्नासाथ दुःख सुखका कुरागर्ने मेरो जीब्रो कठोर हड्डी जस्तै बनको छ, जति हरीयाली र बसन्त ऋतुको वातावरण भएपनि बालुवा नै मन पराउने हुटिट्याउ झैँ भएको छु म ।

"दाइ के भयो सन्चो छैन कि यो सुनसान ठाउँमा एक्लै हुनु हुन्छ नि " उनै विगतको मेरो मुटुको टुक्राबाट आवाज आयो ।

म केही बोल्नै सकिन किनकि मैले धोका दिएको छु । मैले मुख देखाउनै सकिनँ किनकि मैले चोट दिएको छु । मैले प्रति प्रश्न गर्नै सकिनँ किनकि मैले जीउँदै उनको हत्या गरेको छु । म उनी तर्फ फर्किनै सकिनँ किनकी उनलाई मैले रोदन चित्कार पीडैपीडा दिएको छु त्यसैले मैले मुखबाट बचन निकाल्नै सकिनँ ।



"के भयो हजुरलाई ! भन्नुहोस् म सहयोग गर्छु । प्लिज दाइ मलाई तपाईँको सेवा गर्ने मौका दिनुहोस । के भयो निसंकोच भन्नुहोस " उनै परी ऋतुले मेरो शरीरमा हात लाउँदै भनिन् ।

मलाई ऋतुले चिन्न सकिनन् मैले पनि चिन्न चाहिँन किनकि उनलाइ मैले धोका दिएको छु पीडैपीडा रोदन चित्कार दिएको छु । म आफ्नो कुरुप अनुहार देखाउन चाहेन तर पनि ऋतुले मेरो निहुरिएको मुन्टो उनका ति कलिला हात मायालु व्यवहारले उठाइन् ।

"ए ! बसन्त तिमी पो ! के भयो के हालत हो यो को बित्नु भयो किन सेतो कपडामा तिमी किन यति धेरै दुब्लाए छौ फेरि चुरोट भनेपछि तिमी धेरै टाढा रहन्थ्यौ तर आज त तिम्रो स्वास पनि गनाएको छ हातमा चुरोट पनि छ के भयो तिमिलाई कति निन्याउरो मुहार ऋतुले एकपछि अर्को अर्को पछि अर्को प्रश्न माथि प्रश्न थपेर रुन थालिन् ।

तर मैले ऋतुलाई कुनै शब्द भन्नै सकिन किनकि उनलाइ मैले धोका दिएको छु त्यसैले उनका प्रश्नमा म अलमल्ल परेँ । उनी मेरो अंगालोमा बाँधिएर रुन थालिन् अलि ओभाएका मेरा आँखा पुनः रसाए ।

ूकिन नबोलेको बसन्त प्लिज बोल न के भयो आई हेल्प यू प्लिज !ू ऋतुले रुवाइका साथ सोधिन् ।

तर मैले भने ऋतुसंग बोल्ने कुनै साहस बटुल्नै सकिनँ ।

"के तिमी मसँग रिसाएका हौ के मसँग बोल्दैनौ तिमी त हामीमा जे-जस्तो भएपनि रिसाउदिन भन्थ्यौ तर आज के भयो प्लिज बोलन " ऋतुले अटुटरुपमा आँशु झार्दै भनिन् ।

"हेर ऋतु आमाले हामीलाई छोडेर जानु भयो र मैले पनि तिमिलाई छोडिदिएू मैले भनि हालेँ ।

"हेर बसन्त मैले तिम्रो त्यस्तो अवस्था हुँदा साथ दिन सकिनँ सहयोग गर्न पाइँन बसन्त मलाई माफीदेऊ ।" ऋतुले रुदैं भनिन् ।

"ऋतु माफी त मलाई देऊ प्लिज मैले ठूलो भुल गरेको छु ऋतु ।" मैले मनलाई दरो पारेर भने ।

"किन बसन्त तिमीले के गल्ती गरेका छौं र " ऋतुले भनिन् ।

"के गल्ती हैन ऋतु मैले ठूलो भन्दा ठूलो तिमिले मलाई माफ गर्न नसक्ने गल्ती गरेको छु ऋतु मैले । मैले चुरोटको धुवासँगै आफ्ना कुरा उडाएँ ।

"बसन्त तिमी कति धेरै दुब्लाएछौ धेरै चिन्ता नगर दुःख पीडा त परि हाल्छ नी फेरि चुरोट खान पनि थालेछौं ।" ऋतुले मलाई सान्त्वाना दिदैँ भनिन् ।

"ऋतु तिमी मसँग रिसाउँदिनौ भने एउटा कुरा भन्छु " मलिन स्वरमा भने मैले ।

"भन बसन्त म आजसम्म तिमीबाट रिसाएको छैन र अब पनि रिसाउँदिनँ निर्धक्क भन !" ऋतुले भनिन् ।

"ऋतु अब तिमी मलाई बिर्सी देऊ ल " मैले मुटुमा ढुङ्गा राखेर भनेँ ।

"के भनेको बसन्त मैले तिमिलाई बिर्सने रे किन के गल्ती गरें मैले ? " आश्चर्य मान्दै सोधिन ।

"हो ऋतु अब तिमीले मलाई सम्झेर केही फाइदा छैन ऋतु तिमिलाई मैले ठूलो र जीवन भर कसैले नदिने धोका दिएको छु त्यसैले ऋतु प्लिज मेरा अतितलाई सम्झाउने प्रयास नगर । किनकि अब तिमीलाई मेरो दिलमा ठाउँ मैले राख्दा राख्दै पनि अरु कसैले जवरजस्ती त्यो ठाउँ खोसॆको छ । मेरो मनमा धारिलो छुरा रेटेको छ त्यसैले प्लिज मसँग नरिसाऊ र बिस्रने प्रयास गर ल !" मैले भनिदिएँ ।

"के भनेको बसन्त मैले बुझ्न सकिनँ के तिमि मलाई बिस्रन सक्छौ ?" ऋतुले साउनको झरी सरी आँखा भरि आँशु पार्दै भनिन् ।

'हो ऋतु ! म पनि सक्दिनँ थिए तर रहरले हैन करले हाँसोले हैन दुःखले इच्छाले हैन बाध्यताले तिमिलाई बिर्सौना बाध्य पारेको छ । ऋतु प्लिज तिमी महान छृयौ मेरो मर्म बुझिदेऊ ऋतु प्लिज ।" मैले पुनः भनेँ ।

"तर किन बसन्त के भयो कुरा स्पष्ट भन न ।" ऋतुले रुदैँ भनिन् ।

"हेर ऋतु कुरा आज भन्दा १७ दिन अगाडिको हो म होस्टेलमा बसिरहेको थिएँ शनिबारको दिन सन्ध्याकालीन समय सूर्य पारि क्षितिजमा ढल्किँदै थियो । बिहान देखिनै कुलक्षणहरुले बाटो छेकेको आभास भएको थियो मलाई भोक प्यास थिएन किन किन मन कहाँ कहाँ उडीरहेको थियो यो मन स्थिर हुन सकेकै थिएन । त्यतिकैमा मेरी प्यारी बहिनी आँखाभरि आँशु पार्दै होस्टेलको गेटमा मलाई लिन आई । उस्ले भनी "आमा सार् है बिरामी हुनुहुन्छ त्यसैले आएकी” भनि । तर हाम्रो इ_िन्सच्यूटको कडा नियम थियो होस्टेल इन्चार्च म्यामले मलाई सार् है गाली गर्नु भयो र भोलिपल्ट बल्लतल्ल बिदा मिलाई म र नानु घरतर्फ लाग्यौं । बीच बाटोमा रुपाले भनी हेर्नाेस् दादा आमा बिरामी भएकोले मेरो ………………………।" मैले अबका कुराहरु भन्न सकिनँ ।

"अनि के भयो भनन बसन्त किन चुप रहेको जे भएको हो निर्धक्कसंग भन बसन्त ।" ऋतुले मेरो टाउको अंगाल्दै दुःखमा साथ दिँदै भनिन् ।



"हो ऋतु बैनीले मेरो विवाहको कुरा लिएर आएकी रहिछे म वेहोसी पारामा पुगे । त्यसै ठाउँमा अंकल आउनु भयो र मेरो विवाहका लागि त्यही दिन मामा घर नजिकै रोजीना नामकी केटीको घरमा पुग्यौँ । मैले तिम्रो र मेरो कुरा गर्दा गर्दै पनि उनले मसंग विवाह गर्ने कुरा गरिन् म धेरै धेरै रोएँ कराएँ तर मेरो केही लागेन त्यति बेला मैले तिमीलाई धेरै धेरै सम्झँे मैले नमान्दा नमान्दै त्यसै दिन उनै रोजीनासंग जर्बरजस्ति टीकाठालो गरेर विवाह भयो । त्यसै दिन घर पुग्ना साथ आमा अन्तिम स्थितिमा मेरो नाम लिएर तुलेसीको मोठ नजिकै लम्पासार पल्टिरहनु भएको रहेछ रोजीनाले र मैले एक चम्चा पानी खुवाउन साथ आमाले यस संसारबाट बिदा लिनु भयो । त्यसपछि मेरो अवस्था पागल जस्तो भयो । मेरो सहारा यही चुरेाट भयो । मेरो गन्तव्य कहाँ हो मेरो सहारा के हो अब कसरी बाँच्ने केही थाहा छैन मलाई त बाँच्नुको अर्थ पनि छैन झैं लागेर आजै आत्महत्या गरौंकी जस्तो भइरहेछ । ऋतु प्लिज मलाई माफ देऊ ।" मैले भनिदिएँ ।

ऋतु मेरो कुराले भईमा मुर्छा परेर रुन थालिन मेरा आँखामा त आँशु पनि सकिइ सकेका थिए तर पनि मन चाँहि कता कता चुरोटको धुवु संगै फस् फसी उडी रहेको थियो । मैले बिस्तारै ऋतुको त्यो सुकोमल शरीर मेरा पापी हातले उठाएँ ।

"ऋतु मलाई माफीदेऊ मैले ठूलो भूल गरेको छु म तिम्रो पाउमा परेर भन्छु हेर ऋतु तिमी म बिना खुसी भएर बाँच्ने प्रयास गर ल ! तर ऋतु मैले तिमीलाई जानी जानी धोका दिएको हैन केवल बाध्यताले धोका दिन लागेको हो । हेर ऋतु तिमी म बनेर सोच त तिमी मेरो स्थितिमा रहे के गथ्र्याे मैले समय पाएको भए भागेरै पनि तिमीलाई लिन आउँथे न त म संग समय थियो न त आमाको त्यो अवस्था सुन्दामा मैले भुल्न सक्ने मेरो मन थियो । म त जसले जे भन्यो त्यही नमानी नमानी गरिरहेको थिएँ । ऋतु मलाई माफी त दिन्छ्यौ नि हैन ” मैले सबै कुराहरु बताई दिएँ ।

"हो बसन्त तिमीले चाहेर हैन बाध्यताले रहरले हैन करले त्यो परिथितिमा मलाई सम्झेछौ खुसी लाग्यो म पनि तिमी बनेर सोच्ता खेरी पनि त्यसै गर्थे तिमीले जे गर् र्याै तिम्रो मनले नचाहँदा नचाहँदै गरेछौ ठिकै छ । बसन्त पीर चिन्ता नगर म अब आफ्नो मनलाई दरो पारेर तिमीलाई बिस्रने प्रयास गर्नेछु । बसन्त ! प्लिज यो जुनीमा तिमी मेरो र म तिम्रो हुन सकेनौँ हामी दुबैले के भूल गरेका रहेछौँ अब अर्को जन्ममा चाँहि प्लिज हामी एकै हुऔ ल !" ऋतुले आँखाभरि आँशु पार्दै र आँशु झार्दै मलाई सान्त्वना दिइन् ।

"ऋतु हामी दुबै दुःखी रहेछौं हामी दुईले तातोपानी भोटेकोशी किनारामा भनेका थियौँनि सम्झ त ! …॥हो हामी दुईलाई केही ठूलो आपत आएमा संगै बाँचौंला संगै मरौँला भनेका थियौँ नि सम्झ त ऋतु ……………।" मैले भनें ।



"हो बसन्त म कहाँ बिस्रन सक्छु र ती दिनहरु । अहिले मैले तिमीलाई बिसे्रर गए पनि म तिमी बिना बाँच्न सक्दिन । त्यसैले अब यो स्पष्ट छ कि ऋतुलाई तिमीले देख्ने आज र अहिल्यै मात्र हो अब बसन्त बिना ऋतुको सहारा कोही छैन त्यसैले ऋतु अकाल्ामै मर्ने छे । अर्काे जन्ममा चाँहि तिमीलाई यस्तो पीडा नहोस् । यो जन्ममा त मैले देवी देवता भाके पनि दिनरात सपनी बिपनी देखेपनि मेरो हुन सकेनौ त्यसैले तिमी चाँहि खुसी भई बाँच ल !ू ऋतुले मनका पीडा पोखिन ।



ूऋतु तिमी मलाई पीडा नदेऊ तिमी बाँच । सयौ बर्ष बाँच हेर ऋतु तिमीलाई नभेटेर मात्र हो एक चोटि स्वास छँदामा तिमीलाई भेटौँ केही दुःख पोखाँै भनेर मात्र हो नत्र म पहिल्यै आत्म हत्या गरिसक्थँे । अब म किन बाँच्ने भन्ने प्रश्न माथि प्रश्न मात्र उठिरहेको छ त्यसैले ऋतु तिमीलाई समयमा नै भेटेछु अब तिमी त्यो अमुल्य आँशु नझार । मैले पीडा दिएँ तर शारीरिक पिडा दिएँको छैन तिम्रो मनका कुराहरु लिएँ तर मन नै लिएको छैन तिमीलाई माया गरेँ तर बिसर्िदेऊ प्लिज बिसर्िदेऊ । म त बिसर्िन सक्तिन । म त मर्छु तर म पापी अपराधीको बिछोडले तिम्रो यो यौवन खेर नफाल । हेर ऋतु ! मभन्दा राम्रा व्यक्तिहरु तिमीसंग जिन्दगी हाँसी हाँसी बिताउन तयार छन् हेर पिडा त मलाई छ ।



सम्झ त अब म बाँच्नुको अर्थ कहाँ भेट्छ्यौ हेर मलाई त यो पृथ्वी पनि उल्टिएर आकाश तल र पाताल चाँहि माथि तिर जस्तो लाग्छ । मान्छेहरु पनि डरलाग्दा भूत हुनकि झँै लाग्छ हिजोसम्म चुरोट मेरा लागि बिष हुन्थ्यो तर आज यो बिचरा चुरोट सलाइको तातो आगोमा म संग संगै जलेको छ भित्रभित्रै बलेको छ । हाम्रो त्यति कोमल प्रेम आज कठोर प्रेम बनेको छ । हिजोसम्म संगै बाँच्ने प्रेम आज आफू आफू मा नै द्धन्द मच्चाएर अकालमा नै मर्दै छ । राम्रो हुँदा माया र बिछोड हुँदा घृणाको प्रकोप बनेको छ । मेरो त पहिले नै फुटेको खप्पर राम्रोसंग मैले पढ्न सकिनँ । अहिले एउटा इ_िन्सच्यूटमा नाम निकालेर मात्र पढ्ेको हुँ । देवतापछिको देवता डाक्टर हो भन्छन त्यसैले तिमीले डाक्टरी पढ्नु पर्छ । म त पढेपनि परिवार हेर्नुपर्छ अब बाँच्ने त आश पनि छैन तिम्रा त ३-४ जना दाजु भाउजू हुनुहुन्छ बाबा मामू धन सम्पत्ति ऐस आराममा छौ । तिमीले बाँचेर देशको खम्बा हुनुपर्छ म जस्तो गरिब धोकेबाज टुहुरो अपराधीलाई प्लिज बिसर्िदेऊ म अब जान्छु ल !ू मैले भनेँ ।



मैले मनमनै रोजिनाको सम्झनामा मन लागएँ विचरी ! रोजिना अब कसरी बाँच्छिन होला ! उनका पनि हरेक इच्छा आकांक्षा चाहना सपना थिए होलान् हामिले यो निर्णय लिदा विचरी रोजिनाको भविष्य सकिन्छ । फेरि मेरी प्यारी काली रुपाको म एउटै मात्र दाजु मलाई कति धेरै माया गर्थी । हामी कति धेरै हाँस खेल गर्थ्यौं फेरि मेरा होस्टेलका साथीहरु मेरो हरेक दुःखमा साथ दिन्थे । बेलुका थकाई लाग्यो भन्दा हरि, कमल, मिलन मिलेर तेल हालेर जीउ मालिस गरिदिन्थे । मेरी धर्म बैनी बनेकी प्रमिला कति धेरै माया गर्थी मेरा बुबा नखाई नखाई दुःख गरी गरी पढाउनु हुन्थ्यो । भविष्यमा ठूलो समाजसेवी बनाउने मेरो बुबाको त्यो विशाल सपना अंकल आन्टीको माया १२-१३ दिन सम्म मेरो छेउमा बसेर आमाको त्यो किरिया बस्ताको क्षणमा जाडो बेलामा थोरै कपडा लाएर मलाई हेरेर बस्ने विचरी ! रोजिना के गर्छे मैले झट्ट सम्झिएँ । हाम्रा पाइला पाइलामा काँडा र ढुङ्गाका टुक्राहरुले अवरोध गरेर छियाछिया पार्दै थिए बाटोभरी रगतको डोब बनेको थियो मेरो कठोर हातले ऋतुको कोमल शरीरलाई अंगालेको थियो । चपेटा दिएको थियो । मेरा यिनै कठोर हातले ऋतुका मृग नयनमा बगेका आँशु पुछ्दै थियो । मेरा लोभी आँखाका त आँशु पनि सकिएका थिए । हामी पुन थ्याच्च भुइमा बस्यौ । ऋतुले मलाई उनको अंगालोमा ट्याप बाधिइन मेरो छातीमा परिन बिगतका दिनहरु झलझली सम्झाइन् ऋतुको त्यो पुष्ट शरीरलाई मैले पनि अंगालोमा जोडँे ।



"हेर ऋतु म बास्तवमा पापी हुँ किनकि उता एउटीसंग विवाह गरेँ यता तिमीसँग छु । हेर ऋतु मेरो विश्वास गर या नगर मैले रोजिनालाई सिन्दुरको रेखा राखे पनि यसरी छोएको छैन; नराम्रो दुष्टिकोणले हेरेको छैन । विचरी रोजिना आमा सरी छिन । उनको त्यो उर्लिदो बैंसले मलाई बोलाएको थियो उनका आँखाले संकेत गर्थ्यो, ओठहरु लर्वराउँथे उनकॊ शरीर चङ्गा सरी हुन्थ्यो त्यो मलाई स्पष्ट थाहा थियो तर ममा किन किन त्यस्तो भावै उठेन ऋतु त्यसैले मेरो जीवन के हो मैले किन जन्मलिएँ " मैले भने ।

"ए ऋतु तँ यहाँ कसरी आइस् ए ! बसन्त पनि छौं कस्तो चिन्न नसक्ने भएछौ को बित्नुभयो सेतो कपडामा छौ के भयो कति धेरै दुःखी छौ तिमीहरु सार् है चिन्तित निराश शरीरभरि चोटै चोट के भयो किन दुबै रोएका छौँ अनि कता लाग्यौ तिमीहरु ” ऋतुकी मिल्ने साथी सविताले निन्याउरो र अच्चमित मुहार पार्दै मृग नयनबाट आँशु झार्दै भनिन् । हामी दुबैमा सविताको प्रश्नको उत्तरहरु थिएन । हामी दुबै एकले अर्काको मुहारमा हेर्दै चुप चाप बस्याँै । सविताले झन आफ्ना पाइलाहरु हामी प्रति अघि बढाइन् हामीमा डरको सीमा झन झनै बढ्यो ।

"ए ! किन तिमीहरु दुबै मौन छौ हँ स्पष्ट भन न तिमीहरुलाई मैले सहयोग गर्न सक्ने भए सहयोग गर्ने छु क्यारे तिमीहरु त्यति धेरै मिल्ने साथी थियौ । तिमीहरुको प्रेम देखेर प्रकृति पनि आफैंलाई बिर्सिन्थ्यो | तिमीहरुको प्रेममा बसन्त ऋतु पनि लाजको घुम्टो छोपेर बस्दथ्यो मुना र मदनको भन्दा पनि बढ्ता प्रेम गथ्र्यौ त्यो देखेर कहिल्यै दुःख पीडा पर्दैन जस्तो लाग्दथ्यो तर आज यो के देखिरहेकी छु म । दुबै रोएका छौ चोटै चोट लगातारको रुवाइले आँखा पनि रातो देखिँदै छन् किन यति धेरै निराश प्लिज बोल न किन के भयो " सविताले आँखाको परेली भिजाउँदै सोधिन् ।



मेरी प्रिय ऋतुले बल्ल तल्ल ती लालुपाते सुकेका ओठ खोलिन् र सविताको काखमा पल्टिन । दुबै रोए मेरो पनि रुवाई मन्द भएको थिएन । ऋतुको ती ओठ हल्का चले पनि केही शब्द भने निस्किन सकेनन् । ती दुई मिल्ने साथी एकले अर्काेको अंगालोमा समाएर रोइरहेको देख्ता त हाँसीरहेको बसन्त ऋतुको समय पनि उराठ र चिच्याट लाग्दो देखिएको थियो । बिचरी ! ऋतु दुःखी रहिछे । उस्लाई परिवारमा केही कुराको कमी थिएन ३-४ वटा दाजुकी एक्ली बहिनी धन सम्पत्ति ऐस आराममा हुर्केकी सुन्दर बगैचामा फुलेको मनमोहक फूल झैं सबैले माया ममता गरिरहेका थिए तर म पापी एक बर्ष उनको घर नजिकै बस्दा एकले अर्कालाई हेरेकै भरमा माया प्रीति जस्तो घृणित कामले आज स्वर्गकी परी जस्ती ऋतुलाई बर्जपात खनियो । म गरिब भए पनि उनलाई माया दिन सक्थ्ये ममताले ढाक्न सक्थें तर के गर्ने त्यो ममता अरु नै कसैले लुटेपछि आज यो हालत हुने नै भयो ।



0 comments:

Post a Comment