
"अंकल तपाई मलाई यो अवस्थासम्म नल्याउनु होस् प्लिज अंकल, मैले ऋतुलाई बचन दिएको छु त्यसैले मलाई घर न घाटको नपार्नुहोस मेरो साथी भने पनि तपाई हो, बुबा भनेपनि तपाई हो हेर्नुस अंकल जब म दिदीको घरमा पढ्न बसेको थिएँ त्यसैबेला मैले ऋतुलाई माया गर्न थाले ।
हामी हरेक रात झ्याल झ्याल बाट हेरा हेर गर्थ्यौं, आँखा आँखाले कुरा गर्थ्यौं, एउटा एउटा बाहना बनाएर उनको काममा म सहयोग गर्थें, हरेक समय उनको कोठमा जान्थें, हामी पानी लिन गैरी धारामा गएको लुगा धुन ढुङ्गे धारा जाँदा घण्टौ घण्टाको बाटो संग संगै हिडेको म भुल्न सक्दिन अंकल र सायद उन्ले पनि सक्दिनन् मैले उनलाई एक बचन पनि माया गर्छु भनी भन्न सकेको थिइँन ।
उनले पनि भन्न सकेकी थिइनन् तर पनि उनी स्कूल जाने समयमा मलाई नभेटी जाँदिन थिइन मेरो कोठामा लुकी लुकी हरेक बाहाना बनाई आउथिन र माया प्रीतिका गीत गाउँथिन म लुकिछिपी फोटो खिच्थें उनी हल्का रिसाए झै खुसी हुन्थिन म उन्लाई भेट्न स्कूल सम्म पुग्थें संगसंगै खाजा खान्थ्यौँ बगैचाका का हरेक फलफूल बाँडेर मात्र खान्थ्यौं ।
के हाम्रो माया पानीमा उठेको फोका हो के माया प्रीति भनेको खेल हो के कसैलाई माया गर्नु पाप हो के उनी मेरा लागि योग्य छैनन् के हाम्रो परम्परामा बाउ बाजे आमा काकाले खोजेको केटी नै विवाह गर्नु पर्छ के आफ्नो लागि आफैँले जीन्दगीसंग मिल्ने साथी खोज्नु नराम्रो हो तर अंकल तपाईले मलाई एउटा दुश्मन सम्झेर पाप गर्दै हुनुहुन्छ ।
अंकल मैले बुझे अनुसार
जीन्दगी वरदान हो श्राप हैनतर अंकल हाम्रो परम्परा यस्तै रहेछ विवाह भनेको केटा र केटीले मात्र चाहेर नहुने रहेछ । बाबु आमा दाजु भाउजू दिदी बैनी काका काकी लगायत आफन्त र समुदायसंग पनि गर्नु पर्ने रहेछ तर ठिकै छ अंकल मैले त के बुझेको छु र म भन्दा जान्ने बुझ्ने त हजुरहरु नै हुनुहुन्छ ।
माया गर्नु धर्म हो पाप हैन
मलाई जानी जानी तपाइहरुले पासो थापेपछि मैले त जानै पर्ने रहेछ तर ठिकै छ म पासोमा पर्दा फाईदा मिल्छ भने म बाध्य भएर खुकुरीको धारमा हिँड्ने प्रयास गर्नेछु ठिकै छ अंकल म आफ्नो कोमल मनलाई पत्थर पार्दै जीन्दगीलाई अघि बढाउने छु मैले मेरो जीन्दगीलाई एउटा लक्ष्य दिएर लक्ष्यको बिन्दुमा पुग्ने प्रयास गरेको थिए तर अब यात्रा कहिले कहाँ कुन स्थितिमा पुग्ने हो थाहा छैन अब म जे भन्यो त्यही गर्ने छु अंकल ।" मैले मनमा डर नमानी भनीदिएँ ।
मेरा बचनको कुनै प्रति उत्तर दिनु भएन हामी तीन जना मामाघर नजिकैको घरमा पुग्यौं त्यस घरमा थुप्रै मान्छेहरु मेरो दुःखका पात्रहरु हाँसोमा उभिरहेका थिए । मेरो मनमा चिन्ता बढ्दै थियो आँखा भरि आँशु मनभरि पीडा थिए मनमा कतै शान्तिको सास थिएन ।
"दादा म भित्र गएकी थिए भाउजू त राम्री हुनु हुदो रहेछ मैले भर्खर देखेँ उहाँ त ऋतु भन्दा पनि सुन्दर हुनुहुन्छ दादा ।" फुच्ची रुपाले मेरो कानमा आएर सुटुक्क भनी ।
"हेर रुपा ! खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ त्यसैले त मेरो दुःखमा साथ दिन्छेस् भन्ठानेको तँ पनि मेरो दुःखमा हाँसो दिन्छेस्" मैले रुपालाई गाली गर्दै भनेँ ।
मामाले मलाई सन्चो विसन्चो सोधेर बोलाउदै उक्त अपरिचित घर भित्र लानु भयो कोठामा सुन्दर रुप भएकी एउटी केटी बसन्त ऋतुमा फुलेको सुन्दर फूल झैं स्वर्गकी परी झैं मुस्कुराएर बसेकी रहिछन । म झसङ्ग भएँ मेरी प्राण पि्रय ऋतुको रुपमा उन्लाई देखेँ । ऋतुसंग तातोपानी भोटेकोशी घुमेका उनका औला चुमेको क्षण एक्कासी मेरो मनमा चस्स चिसो पस्न गयो । मैले दिएको उपहार कपडा ऋतुले लाए झैं उनले लाएको देख्ता म कता कता अर्कै दुनियामा डुब्न पुगें ।
उनले मलाई नमस्कार गरिन त्यो नमस्कार मेरा लागि हैन जस्तॊ लाग्यो त्यो नमस्कार फर्काउँदा मैले पाप गर्नेछु झैं लाग्यो म स्थीर सालिक झैं बन्न पुगे समयको चक्रमा हिँड्दा आउने बाधा अवरोध व्यथा पीडा हाँसो खुसी रोदन चित्कारसंग गर्नु पर्ने प्रतिस्प्रधासंग जुध्नु नै जीन्दगी रहेछ जस्तो लागि रहेको थियो । उनलाई हात जोड्न पनि बिर्सिएछु र पुनः नरम स्वरमा उनले नमस्कार टक्राइन । मैले बाध्य भएर नमस्कार गरे ।
"बसन्त अघि मैले भनेकी केटी यिनै हुन । रोजीना मेरो भान्जा बसन्त ।" मामाले कठोर शब्दले परिचय गराउनु भयो । हामीले पुनः नमस्कार गर्यौं ।
"ल ! तपाईँहरु कुरा गर्दै गर्नोस् म एकछिन बाहिर जान्छु । विवाहको टीका टाला आजै हुन्छ । समयले साथ दिएमा रोजीना आजै हाम्रो घर सम्हाल्न जान्छिन् । ल केही समय तपाइहरु कुरा गर्नोस् ।" मामा प्याच्च यति बोलेर बाहिर निस्कनु भयो ।
"रोजीना र ऋतु एक आपसमा पर्यावाची झैं लाग्यो ऋतुको जस्तै आँखा उस्तै कपाल उस्तै उस्तै जीउडाल झन्डै उस्तै बोली हाँसी रहने उन्को त्यो मुहार हेरेर म ऋतुलाई पुनः सम्झिन पुगेँ ऋतुको जन्म दिनको दिन विहानै मेरो घरमा मिठाई लिएर आएकी मैले सानो डायरी दिदा ऋतुले भन्थिन यो डायरीमा म मेरो जीन्दगी लेख्छु र अन्तिम समय सम्म राख्नेछु ।
यो मेरो जीवनको एउटा पाटो हो । हुस्सुले ढाकेको जंगलभरि रातै भएर गुराँस ढकमक्क फुलेका बन तोरीबारी चारैतिर हरीयाली वातावरणमा उनलाई मैले घुमाएका ठाउँहरु झलझली मेरो आँखा वरिपरि कुमालेको चक्र घुमे झैं फनफनी घुमिरह्यो । म धर्मसंकटमा परेको कस्लाई के थाहा "
केही भन्न अनि केही बोल्न ती लालुपाते ओठ कताकता लर्रबराई रहेका थिए उनी मौन रहेर लुकीछिपी मेरो मुहारमा हेर्थिन तर केही बोल्न भने सकेकी थिइनन् उन्ले केही भन्न चाहेकी थिइन् ।
"हजुर के गर्दै हुनुहुन्छ " मन्द मुस्कानका साथ रोजीनाले भनिन् ।
"म Social Work सम्बन्धी पढदै छु" मैले भने ।
"कुन ठाउँमा बस्नु हुन्छ "
"जावलाखेल"
'पढाइ पनि त्यहीँ हो "
"हो"
"कति समयको हो "
"नौ महिना"
"कस्तो विषय हो त्यो ?"
"खै मैले पनि राम्रोसँग बुझेको छैन ।"
"कस्तो छ त पढाइ "
"ठिकै छ ।"
"एउटा कुरा भनूँ "
"भन न तर ……………"
"के तर "
"खासै केही हैन भन न ।"
"के तपाई म संग विवाह गर्नु हुन्छ "
"अ……॥म चाँहि गर्दिनँ तर मेरो शरीरले बाध्य भएर गर्दैछ ।"
"किन "
"कारण छ ।"
"के कारण हो म बुझ्न सक्छु " उनले भनिन् ।
"हेर म तिमी जस्तै एक सुन्दर केटीलाई माया गर्छु । उनका र मेरो आ-आफ्ना पीर चिन्ता छन् आशा भरोशा छन् म त आज बाध्य भएर तिम्रो सामु पर्दैछु प्लिज रोजीना मैले भनेको मान्छ्यौ भने मेरा मामा बुबा र अंकललाई भनिदेऊ त्यस्तो विग्रेको केटो जाँड रक्सि खान्छ जस्तो छ यो केटो । मेरा लागि मात्र नभएर अरु केटीका लागि पनि योग्य छैन भनिदेऊ प्लिज मेरा लागि त्यति गरेमा म तिम्रो गुन बिस्रने छैन म तिमीलाई जुनसुकै सहयोग गर्न पनि तयार छु ।" मैले आँशु थाम्न खोज्दा पनि सकिनँ ।
"हेर्नोस म हजुर जस्तो व्यक्तिलाई त्यस्तो झुटो आरोप लाएर पाप गर्दिनँ र तपाईको दुःखमा साथ दिनका लागि म तपाईसंग विवाह गर्छु ।" रोजीनाले भनिन् ।
यति भन्दा नभन्दै मेरो जीवनमा पीडा थप्न मामा अंकल बुवा र अर्का एक नयाँ व्यक्ति कोठामा पस्नु भयो । हरेक व्यक्तिको अनुहारले मलाई जिस्क्याए झैं लागि रहन्थ्यो । त्यतिकैमा मामा प्याच्च बोल्नु भयो ।
" ल ! कुरा पक्का भइसक्यो टिकाटाला गरौँ विवाह कहिले गर्ने हो कुरा गरौँ ।" मामाको चर्को भनाई आयो ।
"के को टिका-टालो मात्रै लगन टाढा छ नँया चलन आइरहेको छ टीका मात्र लगाएर लगेपनि हामीले त जहिले बिदा गरेपनि गर्नु पर्ने आजै पठाउन तयार छौँ हामी तू रोजीनाको बुबाले भन्नुभयो ।
"आजै लाने रे के मेरो विवाह आजै यो संम्भब छैन केही समय पछि कुरा गरौँला हुन्न " मैले जिद्दी गरे ।
त्यतिकैमा मेरो बुबाले सबैलाई कोठाबाट बाहिर पठाएर मामा र मलाई राखेर मलाई बाध्य पार्नु भयो । आमाले पनि घमण्ड गर्नुभा'छ भन्नुभयो । मैले हरेक कुराहरु गर्दापनि आजै अहिल्यै रोजीनालाई लानु पर्ने बाध्यता भयो । मेरा आँखा बाट आँशु बलेसीको झरी सरी झर्न थाल्यो तर ती आँशुको कुनै मूल्य रहेन ।
मेरी प्यारी बहिनी पनि मेरो चित्कारमा हल्का साथ दिएकी थिई मामाले सिन्दुर पोते लिन जाँदा त आज नआए पनि हुन्थ्यो झैं लाग्यो । रुपा उस्की हुनेवाला भाउजू भनेर हुरुक्क पनि थिइ फुच्ची मेरो मन राख्न म पट्टि पनि साथ दिन्थी र उन्को माया पाउन उनी पट्टि पनि साथ दिन्थी । मैले मेरी प्यारी बैनी रुपालाई एकान्तमा बोलाएँ ।
"हेर बहिनी तैले गर्दा आज मलाई यो पीडा भोग्न बाध्य गराइस् मलाई तैँले अगाडि नै खवर गरेकी भए आज म यस अवस्थामा आउने थिइनँ अब म बाँच्नुको कुनै अर्थ छैन सायद जीवनमा यस्तो त मैले कथा पनि सुनेको थिइनँ तर आज म आफैं भोग्दै छु । हेर तैँले त घरमा भएको कुरा साँचो बताएको भए केही न केही सोच्ने समय हुन्थ्यो ।
अब ठिकै छ मेरो पीडा म आफैं भोग्छु तर बिचरी ऋतु अब म बिना कसरी बाँच्छे के आधार छ उस्को हेर बैनी तँ ऋतुको अवस्थामा भए के गर्थिस् तँलाइ त थाहै थियो नि मेरो र ऋतुको सम्बन्ध । मेरा मनका कुरा बैनीलाई भनेँ ।
"प्लिज दादा मलाई माफ गर्नोस मलाई पनि बुबा र अंकलले हिजो मात्र भन्नु भा'को अगाडि नै थाहा भए म भन्थें दादा गल्ती मेरो हो तर मलाई माफ दिनुहोस् मैले आमाको लागि मात्र भएपनि झुटो बोल्नु पर्दथ्यो सायद दादा ! आमाले हामीलाई छिट्टै छोड्नु हुन्छ । दादा आमाको अन्तिम स्थिति पनि हजुरको विवाह गर्ने कुरा हो ।" रुपाले रुँदै रुँदै भनि । मामा भनेको कंस हो भन्थे तर मैले आज थाहा पाए मेरा मनका कुनै कुराहरु नसुनेर जर्वरजस्ति ठाउँ-ठाउँका व्यक्ति व्यक्तिका कुराहरुको बन्धन देखाएर मलाई इच्छा विपरीत विवाह गर्ने कुरा भएर आजै उन्लाई मेरो हातमा राख्ने घातक काम देखेर मेरो मनमा अशान्तिका भावहरु उठ्छन् तर मेरो अब केही नलाग्ने भईसक्यो । मैले मामाको भनाइलाई स्वीकार गर्दै आँखाका आँशु पुछ्दै मामाको पछि लागे ।
जर्वरजस्ती आज मेरो हातले एक चिम्टी सिन्दुर उठाउन पुग्छ मेरो हात एकचिम्टी सिन्दुर लिएर रोजिनाको सिउँदोमा बन्धन रेखा कोर्न रातो सिन्दुर नचाहँदा नचाहँदै खस्छ । दायाँ बायाँबाट सबैले हाँसोका साथ ताली बजाए तर मेरो मन कता कता ऋतु तिर नै जान्छ । रोजीना मेरो दुःखमा हाँसेको पाउथें । हुनत उनलाई के थाहा मेरो पीडा तर पनि म विवाह गर्दिन भन्दा उनले मानिनन् ।
मेरा आँखा भरि आँशु भए मेरा र ऋतुका सम्बन्ध त्यसै त्यसै रहे । म आफुले आफैंलाई एक नामर्द कायर काँतर युवक हुँ जस्तो लागिरहेको छ । बास्तवमा यो विवाह किन यो विवाह कस्का लागि बिचरी ! ऋतुले थाहा पाएमा अकालमा …। नाँई-त्यस्तो हुँदैन मेरो यो अपराधि मनमा नानाथरीका प्रश्न प्रति प्रश्न उठी नै रहॆ मलाई परेको यो बज्रपात कस्ले सुन्ने कस्ले बुझ्ने मैले नै ऋतुलाई भन्नु पर्छ नत्र बिचरी कुरै नबुझी जे पनि गर्न सक्छिन् ।
मैले उनलाई सम्झाँए भने उनी महान हृदयकी छिन् त्यसैले मलाई माफी अवश्य दिन्छिन् । उनको बानी व्यहोरा मलाई राम्रोसंग थाहा छ । कस्तो घटना हो यो मैले यस्तो होला भनेर त सोचेको पनि थिइन् । यस्तो मेरो घटना जस्तो पीडा त कसैले भोगेकै छैन ।
यत्तिकैमा विदाइको क्षण भयो रोजीनालाई अघि लाउँदै म उनको पछि र मेरा पछि आफन्तहरु मेरो जन्ति नभएर मेरै जीउँदो लासको मलामी हिँडिरहेको भान भइरहेको छ । मेर।े हातले आज पहिलो पल्ट नयाँ घट्नाहरु घटाउँदै छ । यो मेरा लागि अनौठो घट्ना हो अनौठो अवस्था हो अनौठो साथीको साथ हो ।
के मेरो अन्तिम क्षण सम्म रोजिना नै हुन्छिन् त के ऋतुको र मेरो जीवन अब पहिलाको जस्तै होला त के ऋतुले मलाई माफी दिन्छिन् त के ऋतुले मेरो मर्म बुझ्लिन त यस्तै प्रश्नहरु उठिनै रहॆ मेरो मनमा ।
मेरा आँखा भरि आँशु भए मेरा र ऋतुका सम्बन्ध त्यसै त्यसै रहे । म आफुले आफैंलाई एक नामर्द कायर काँतर युवक हुँ जस्तो लागिरहेको छ । बास्तवमा यो विवाह किन यो विवाह कस्का लागि बिचरी ! ऋतुले थाहा पाएमा अकालमा …। नाँई-त्यस्तो हुँदैन मेरो यो अपराधि मनमा नानाथरीका प्रश्न प्रति प्रश्न उठी नै रहॆ मलाई परेको यो बज्रपात कस्ले सुन्ने कस्ले बुझ्ने मैले नै ऋतुलाई भन्नु पर्छ नत्र बिचरी कुरै नबुझी जे पनि गर्न सक्छिन् ।
ReplyDeleteपुराना कुराहरुको याद आयो |
घर बाटै मागेर बिबाह गरिदिने चलन अझै समाजमा ब्यप्त छ यो कुरा नराम्रो त होइन तर यसरि कुरानै नबुझी करकाप मा पारेर बिबाह गरिदिनु भने पाप नै हो |
यसरि जबर्जस्ति गर्नाले घर बस्ने होइन बिग्रने बढी हुन्छ र अकालमा धेरै व्यक्ति ले ज्यान गुमाउने गर्दछन | यो कुरालाई सबैले मध्यनजर गर्नु जरुरि छ |
विवाह भनेको केटा र केटीले मात्र चाहेर नहुने रहेछ । बाबु आमा दाजु भाउजू दिदी बैनी काका काकी लगायत आफन्त र समुदायसंग पनि गर्नु पर्ने रहेछ
ReplyDeleteyou r right
yeha yestai cha